Harsamaya
पाल्पा–१ मा कांग्रेसका सन्दीप राना विजयी 
पाल्पा–१ मा कांग्रेसका सन्दीप राना विजयी  रानाले १८ हजार ३३६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नारायणप्रसाद आचार्य ले १६ हजार ८१९ मत प्राप्त गरेका छन्।
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित 
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित  उनले ४५ हजार ६८० मत ल्याउँदा नेपाली काँग्रेसका केशव राज पाण्डेले १० हजार ५५० मत मात्र ल्याउन सके। गत निर्वाचनमा शर्माले ३९ हजार ६२४ मत ल्याएका थिए।
दाङ ३ मा रास्वपाका कमल सुवेदी विजयी
दाङ ३ मा रास्वपाका कमल सुवेदी विजयी सुबेदीले ४४ हजार दुई सय ४८ मत प्राप्त गर्दा गिरीले १६ हजार चार सय ५३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार एक सय ९५ मत प्राप्त गरेका छन् भने चौथोमा नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार ३२८ मत प्राप्त गरेका छन्
संसद भवन जलाउने कृष्णकुमार कार्की सांसद निर्वाचित
संसद भवन जलाउने कृष्णकुमार कार्की सांसद निर्वाचित अग्रवालले १५ हजार ६२४ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली काँग्रेस का प्रभावशाली नेता तथा पूर्व मन्त्री मिनेन्द्र रिजाल तेस्रो स्थानमा रहे। उनले १२ हजार ६६४ मत प्राप्त गरेका छन्। जेनजी आन्दोलनका क्रममा संसद भवन अगाडि भएको प्रदर्शनका क्रममा कार्की अग्र पङ्क्तिमा देखिएका थिए।
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनीतालाई मात्र ४२१ मत
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनीतालाई मात्र ४२१ मत अन्तिम मतगणनाअनुसार शाही १४ हजार ८१६ मतसहित विजय भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका थिए ।
रौतहट १ मा रास्वपाका  राजेश कुमार चौधरी निर्वाचित, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा
रौतहट १ मा रास्वपाका राजेश कुमार चौधरी निर्वाचित, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा यहाँ नेकपाका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा रहे, उनले ७ हजार ६ सय ६९ मत मात्र पाए । यहाँ नेपाली काँग्रेसका ८ हजार ५ सय ७४ मत पाए । 
कञ्चनपुर - २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका  दिपकराज बोहरा निर्वाचित
कञ्चनपुर - २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका  दिपकराज बोहरा निर्वाचित उनी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नेता एनपी साउदलाई २३ हजार मतले पछि पार्दै निर्वाचित भएका हुन् । उनी ३३ हजार ९५२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
झापा-५ मा  रास्वपा वरिष्ठ नेता बालेन  निर्वाचित, ४९ हजार भन्दा बढी मतले पूर्व प्रधानमन्त्री ओली पराजित
झापा-५ मा रास्वपा वरिष्ठ नेता बालेन निर्वाचित, ४९ हजार भन्दा बढी मतले पूर्व प्रधानमन्त्री ओली पराजित झापा–५ यस वर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको थियो । काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो ।
सुर्खेत-२ मा रास्वपाका रमेश सापकोटा विजयी
सुर्खेत-२ मा रास्वपाका रमेश सापकोटा विजयी उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायण कोइराला १६ हजार १९६ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका कुलमणि देवकोटा १२ हजार ८९१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
ललितपुर क्षेत्र नम्बर–३ मा रास्वपाकी तोसिमा कार्की विजयी
ललितपुर क्षेत्र नम्बर–३ मा रास्वपाकी तोसिमा कार्की विजयी ‘आज देशभरिबाट जनताको जित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी वा म तोसिमाले मात्र हैन समग्र मेरो पार्टीले यो जितलाई जिम्मेवारीको रूपमा लिएको छ,’ उनले भनिन्, ‘नेपाली जनताको अब सुखको दिन आउँदै छ । धैर्य गर्नुहोला हामी काम गर्छौ, काम गरेर देखाउन चाहान्छौँ ।’
लमजुङमा रास्वपाका केसी विजयी
लमजुङमा रास्वपाका केसी विजयी कुल एक लाख ३७ हजार १२४ मतदाता रहेको जिल्लामा ७५ हजार ४६० मत खसेको छ ।
अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी
अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी यस क्षेत्रमा नेकपा (एमाले)का पीताम्बर भुसालले २२ हजार ६४९, नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल (मुस्कान)ले १८ हजार ९८३, नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर चौहानले तीन हजार ८४७ मत प्राप्त गरे । 
Weather Update