Harsamaya
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनीतालाई मात्र ४२१ मत

काठमाडौं - प्रतिनिधि सभा सदस्यमा जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही विजय भएका छन् । अन्तिम मतगणनाअनुसार शाही १४ हजार ८१६ मतसहित विजय भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका थिए ।

यस्तै,काँग्रेसका दिप बहादुर शाहीले ७ हजार १४३ मत पाउँदा एमालेका शान्तिलाल महत ४ हजार ५१८ मत प्राप्त गरे । देशभर रास्वपाका उम्मेदवारको विजयी लहर हुँदा जुम्लामा भने रास्वपाकी विनिता कठायतले जम्मा ४२१ मत मात्र ल्याएकी छन् ।

जुम्ला - १ को मत अपडेट:-
ज्ञान बहादुर शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 14,816 (विजयी)
नरेश भण्डारी (नेपाली कम्युनिष्ट पार्टी) = 11,635
दिप बहादुर शाही (नेपाली कांग्रेस) = 7,143
शान्ति लाल महत (नेकपा_एमाले) = 4,518
बिनिता कठायत (राष्ट्रिय स्वतन्त्र पार्टी) = 421
बिर्ष बहादुर रावत (नेपाल मजदुर किसान पार्टी) = 400
मनऋषि धिताल (प्रगतिशील लोकतान्त्रिक पार्टी) =112
विर्खबहादुर शाही (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 71
रनील विक्रम शाही (नेपाल जनता पार्टी) = 43 | जुम्ला - १
भक्त बहादुर रावल (स्वतन्त्र) = 14

जम्मा मतदाता : ७१७३९ [३७४५९ पुरुष र ३४२८० महिला]

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update