Harsamaya
सिन्धुपाल्चोक कांग्रेसको जिल्ला अधिवेशन कात्तिक १६ गते हुने

सिन्धुपाल्चोक - नेपाली कांग्रेस सिन्धुपाल्चोकको इतर कमूहको जिल्ला अधिवेशन आगामी कात्तिक १६ गते हुने भएको छ। कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख उपस्थितिमा सम्पन्न छलफलले अधिवेशन गर्ने निर्णय गरेको हो।

छलफलबाट जिल्ला अधिवेशनको मिति तय गर्दै त्यसलाई सफल, व्यवस्थित र गरिमामय बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरिएको छ।

अधिवेशनमा सहभागी हुन नेपाली कांग्रेसका सम्पूर्ण वडा सभापति, क्षेत्रीय प्रतिनिधि, पार्टीमा आस्था राख्ने नेता, कार्यकर्ता तथा शुभचिन्तकलाई आग्रह गरिएको छ।

पार्टीभित्र आपसी एकता, सहमति, सहकार्य र मेलमिलापको भावना कायम गर्दै कांग्रेसलाई थप सुदृढ र एकताबद्ध बनाउन अधिवेशनले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यद्यपि, जिल्ला अधिवेशन हुने स्थान भने तय भइनसकेको जनाइएको छ। आयोजकले स्थानबारे पछि जानकारी गराउने बताएका छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update