रसुवा बाढी : १ हजार ३०० भन्दा बढी सवारीसाधनमा क्षति
बुधबार, भदौ १०, २०८३
महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार बाढीमा करिब ६०० मालवाहक, ३०० यात्रुवाहक र भन्सारमा जाँचपासका लागि राखिएका ४०० सवारीसाधनमा क्षति पुगेको छ।
नाडा अटो शो अर्थतन्त्र चलायमान बनाउने एउटा उत्सव हो : पंकज अग्रवाल (भिडियोसहित)
शनिबार, भदौ ६, २०८३
उनले नाडा अटोशो आयोजनाका लागि स्टलहरुबाटै शुल्क उठाएर खर्च व्यवस्थापन गर्ने पनि बताए । नाडाको संजाल प्रदेशस्तरमा पनि फैलिएकाले संस्थाले सामाजिक उत्तरदायित्वको कामहरु पनि गरिरहेको जानकारी दिंदै संस्थाभित्र आर्थिक पारदर्शिता कायम राखेको दाबी पनि गरे ।
३५ लाख ९९ हजारमा ‘नामी भिगो ई–२’ नेपाली बजारमा (भिडियोसहित)
शुक्रबार, भदौ ५, २०८३
बुधबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित एक भव्य समारोहका बीच एमएडब्लु समूहका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र डोङफेङका वैदेशिक क्षेत्रीय प्रबन्धक झु क्विङले संयुक्त रूपमा उक्त गाडीको अनावरण गरेका हुन् ।
नाडाको स्वर्ण जयन्तीमा १८औँ अटो शो भदौ ९ देखि सञ्चालन हुने
बिहीबार, भदौ ४, २०८३
यसका साथै पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसम्बन्धी करिब ७० वटा कम्पनी सहभागी हुनेछन् । १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।
नाइमाले आयोजना गरेको अटो शो नाडाको कपी हो : अनुप वराल (भिडियोसहित)
सोमबार, भदौ १, २०८३
नाडा देशभर फैलिएको, सातै प्रदेशमामा शाखा भएको देशभर २८ सय सदस्य भएको संस्था भएकाले कुनै संस्थासँग तुलना गरिरहनु जरुरी नभएको औंल्याए ।
१ लाख ८० हजारले गरे नाइमा एक्स्पो अवलोकन :अटो बजारमा बढ्यो कारोबारको आशा
सोमबार, भदौ १, २०८३
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ६ दिने एक्स्पोमा आयोजकले अपेक्षा गरेको डेढ लाखभन्दा ३० हजारभन्दा बढी अवलोकनकर्ता आएका छन् । ठूलो संख्यामा उपभोक्ताको सहभागिता र सवारीसाधन खरिदप्रतिको चासोले आगामी दिनमा अटो बजारको कारोबार बढ्न सक्ने संकेत गरेको व्यवसायीहरूले बताएका छन् ।
नाटामा काम गर्न र विद्यालयमा सिक्न जाँदैछु : भरतजंग पाण्डे
आइतबार, साउन ३१, २०८३
नाटाको एकता बलियो बनाउने, व्यवसायीका समस्या समाधानमा प्रभावकारी पहल गर्ने र संस्थाको गरिमा तथा ऐतिहासिक महत्वलाई अझ उचाइमा पुर्याउने आफ्नो प्राथमिकता रहेको पाण्डेको भनाइ छ।
नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहन्छ : अर्थमन्त्री
आइतबार, साउन ३१, २०८३
सिप्रदी यात्रीद्वारा काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै उनले यस्तो बताएका हुन् ।
नाइमा मोबिलिटी एक्स्पोको प्रदर्शनी आज समापन हुँदै
आइतबार, साउन ३१, २०८३
६ दिनका लागि सुरु भएको मेलाको पाँचौँ दिन शनिबारसम्ममा लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पोस्थल पुगिसकेको आयोजकको दाबी छ ।
नाइमा एक्स्पोमा जगदम्बा मोटर्सका चार इलेक्ट्रिक भ्यान, बुकिङ धमाधम (भिडियोसहित)
शनिबार, साउन ३०, २०८३
कम्पनीले प्रस्तुत गरेका गाडीमध्ये ११ सिटे गाडीको मूल्य ४८ लाख ९० हजार रुपैयाँ, १२ सिटेको ४९ लाख ९० हजार, १४ सिटेको ५९ लाख ९० हजार र १६ सिटेको ६८ लाख ५० हजार रुपैयाँ तोकिएको घिमिरेले जानकारी दिए।
नाइमा एक्स्पोमा ‘चेतक’का नयाँ मोडल, सिटी राइडलाई लक्षित स्कुटरमा आकर्षण (भिडियोसहित)
शनिबार, साउन ३०, २०८३
चार्जिङका लागि यसमा ७५० वाटको अफ–बोर्ड चार्जर उपलब्ध छ । उक्त चार्जरबाट ब्याट्रीलाई ८० प्रतिशतसम्म चार्ज गर्न २ घण्टा २५ मिनेट लाग्ने कम्पनीले जनाएको छ ।
नाइमा एक्स्पोमा भीड बढेपछि शनिबार–आइतबार विशेष तयारी, पार्किङमा जोड
शनिबार, साउन ३०, २०८३
एक्स्पो व्यवस्थापन साझेदार मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईका अनुसार एक्स्पो खुल्ने समय बिहान ११ बजे भए पनि १० बजेदेखि नै प्रवेशद्वारमा अवलोकनकर्ताको लाइन लाग्ने गरेको छ।
नाडा अटो शोमा नेपालमै एसेम्बल भएका सवारीसाधनलाई विशेष प्राथमिकता दिइने छ : सुरेन्द्रकुमार उप्रेती (भिडियोसहित)
बिहीबार, साउन २८, २०८३
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यसपटकको प्रदर्शनीमा सवारीसाधनसँगै पार्टपुर्जा, लुब्रिकेन्ट, टायर, बीमा, बैंक तथा वित्तीय सेवा, बिक्रीपछिको सेवा र नयाँ प्रविधिसहित अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न पक्षलाई एउटै छानामुनि ल्याइनेछ ।
साताको लोकप्रिय

