Harsamaya
नाटामा काम गर्न र विद्यालयमा सिक्न जाँदैछु : भरतजंग पाण्डे
भरतजंग पाण्डे ।

काठमाडौं - नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)को ५९औँ निर्वाचनबाट अध्यक्षमा निर्वाचित भरतजंग पाण्डेले नयाँ सोच र कार्यशैलीसहित संस्थागत सुधारमा काम गर्ने बताएका छन्।

शुक्रबार भएको निर्वाचनमा १८८ मत प्राप्त गरी निर्वाचित पाण्डेले नेतृत्वमा आउनु आफ्ना लागि नयाँ विद्यालयमा प्रवेश गरेजस्तै भएको बताए। उनले निर्वाचन सकिएकाले अब प्रतिस्पर्धाको अध्याय बन्द भई कामको अध्याय सुरु भएको उल्लेख गरे।

नाटाको एकता बलियो बनाउने, व्यवसायीका समस्या समाधानमा प्रभावकारी पहल गर्ने र संस्थाको गरिमा तथा ऐतिहासिक महत्वलाई अझ उचाइमा पुर्‍याउने आफ्नो प्राथमिकता रहेको पाण्डेको भनाइ छ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update