लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड
शनिबार, असोज १७, २०८३
उनले विश्वविद्यालयलाई इन्जिनियरिङ, विज्ञानलगायतका परम्परागत विषयमा मात्र सीमित नगरी बौद्ध दर्शन तथा यससँग सम्बन्धित विषयको अध्ययन, अनुसन्धान र प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
क्याम्पस प्रमुखमाथि अनियमितता गरेको आरोप, विद्यार्थीहरु आन्दोलनमा (भिडियोसहित)
बिहीबार, असोज १५, २०८३
राजनीतिक खिचातानी र आन्तरीक विवादका कारण क्याम्पसको दैनिक पठनपाठन मात्र नभई, प्रशासनिक र परीक्षाहरु पनि नराम्ररी प्रभावित भइरहेको विद्यार्थीहरुको गुनासो छ ।
बाढीपहिरोको जोखिममा विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह
बिहीबार, असोज ८, २०८३
मन्त्रालयले बुधबार जारी गरेको सूचनामार्फत विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राखी आवश्यक समन्वय गर्न आग्रह गरेको हो।
शिक्षाविद् डा. सुरेशराज शर्माको निधन
बुधबार, असोज ७, २०८३
उपचारका क्रममा काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा बुधबार उनको निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उनको अन्त्येष्टि बिहीबार गरिनेछ।
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
बुधबार, असोज ७, २०८३
मन्त्रालयले शिक्षकहरूको यस्तो गतिविधि शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) विपरीत हुने जनाएको छ ।
शिक्षामन्त्री पोखरेलद्वारा पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन, पदाधिकारीसँग अन्तरक्रिया
मंगलबार, भदौ ३०, २०८३
सो अवसरमा मन्त्री पोखरेलले विश्वविद्यालयको शैक्षिक गुणस्तर, प्रशासनिक दक्षता, प्रविधिको प्रयोग तथा सेवा प्रवाहमा सुधार ल्याउँदै विश्वविद्यालयलाई समयानुकूल र प्रतिस्पर्धी संस्थाका रूपमा विकास गर्न सबैले आ—आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिए ।
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
उनले काठमाडौंमा बन्द कोठामा बसेर मात्र पाठ्यक्रम निर्माण गर्ने अभ्यासलाई अन्त्य गर्नुपर्ने बताए । ‘विद्यार्थी भाइबहिनीले दिएका सुझाव र गुनासो अत्यन्तै मार्मिक छन्,’ उनले भने, ‘उहाँहरूले दिएका सुझावलाई सम्बोधन गरेर अहिलेको पाठ्यक्रममा आवश्यक परिवर्तन गरी नयाँ पाठ्यक्रम निर्माण गर्ने दिशामा अघि बढ्छौँ ।’
‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिक सत्रदेखि लागू गर्ने तयारी
आइतबार, भदौ २८, २०८३
विद्यमान पाठ्यक्रमले समयअनुकूल जीवनोपयोगी तथा व्यवहारिक शिक्षा प्रदान गर्न नसकेको उल्लेख गर्दै मन्त्री पोखरेलले नयाँ पुस्ताको आवश्यकता र भविष्यलाई केन्द्रमा राखेर पाठ्यक्रम तयार गरिने बताए ।
रसुवा भोटेकोशी बाढी : प्रभावित बालबालिकालाई काठमाडौंमा विद्यालय भर्ना
शुक्रबार, भदौ २६, २०८३
विद्यार्थीहरूका लागि पाठ्यपुस्तक र दिवा खाजाको प्रबन्ध गरिएको छ । पहिलो दिन ५९ जना बालबालिका कक्षाकोठामा उपस्थित भएका थिए ।
प्याब्सन सिन्धुपाल्चोकद्वारा बाढीपीडितका लागि १० लाख ४८ हजार सहयोग
बिहीबार, भदौ २५, २०८३
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले बाढीपीडितका लागि संकलन गरेको उक्त रकम केन्द्रीय कार्यालयको खातामा पठाएको जनाएको छ।
बाढीपीडित विद्यार्थीलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले पढाइमा सघाउने
मंगलबार, भदौ २३, २०८३
बढ्दै विश्वविद्यालयले विपद्का कारण विद्यार्थीको भविष्यमा पर्न सक्ने असर न्यूनीकरणलाई प्राथमिकतामा राखेको जनाएको छ ।
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा
सोमबार, भदौ २२, २०८३
उनका अनुसार रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रका विद्यार्थीलाई तत्काल सहयोग गर्ने मात्र नभई भविष्यमा आउन सक्ने विपद्का कारण शिक्षाबाट वञ्चित हुने बालबालिकाका लागि समेत दीर्घकालीन व्यवस्था गर्न खोजिएको हो ।
विपत्तिमा परी अनाथ भएकाहरुलाई राजकीय संस्कृत विद्यालयको साथ
सोमबार, भदौ २२, २०८३
१० जना छात्रको कक्षा ८ देखि कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक दायित्व ग्रहण गर्ने संकल्प गर्दछ,’ प्रधानाध्यापक ईश्वरी पौडेलले वक्तव्य जारी गर्दै भनेका छन् ।
साताको लोकप्रिय

