Harsamaya
गृह मन्त्रालयको गर्यो एनप्याब्सन निलम्बन
गृह मन्त्रालय ।

काठमाडौं - सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई निलम्बन गरेको छ । गृह मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम अर्को निर्णय नभएसम्मका लागि संस्थालाई निलम्बन गरेको हो ।

मन्त्रालयले कात्तिक १३ गते सार्वजनिक गरेको सूचनाअनुसार एन–प्याब्सनले ऐनको दफा ५ बमोजिम मन्त्रालयबाट जारी निर्देशन पटक–पटक पालना नगरेको र संगठनका पदाधिकारीले स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि गरेको पाइएको छ ।

यस विषयमा मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरी ऐन तथा मन्त्रालयबाट २०८२ मंसिर १२ गते जारी निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो । तर, उक्त निर्देशन पालना नगरेपछि ऐनको दफा ६ को उपदफा (२) बमोजिम संस्थालाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अर्को निर्णय नभएसम्म एन–प्याब्सन निलम्बनमा रहने स्पष्ट पारेको छ ।

साथै, सूचना जारी भएपछि संस्थाको नाममा कुनै समूह वा गुटबाट गतिविधि सञ्चालन भएमा त्यस्ता कार्य गैरकानुनी हुने र प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १३, २०८३  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update