राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने
सोमबार, असोज १९, २०८३
बोलपत्र प्रक्रियाबारे जानकारी तथा आवश्यक विषयमा छलफल गर्न राष्ट्र बैंकले असोज ३० गते दिउँसो १२ बजे थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा पूर्व–बोलपत्र बैठक आयोजना गर्ने भएको छ ।
राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका सिक्का टकमारी गर्ने
आइतबार, असोज १८, २०८३
अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (आईसीबी) प्रक्रियामार्फत ‘सिंगल स्टेज, टू इनभेलप’ विधिबाट बोलपत्र आह्वान गरिएको राष्ट्र बैंकले जनाएको छ ।
वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार
शुक्रबार, असोज १६, २०८३
साथै, ग्राण्ड बम्पर पुरस्कार अन्तर्गत आठौं हप्ताको अन्त्यमा, एक जना भाग्यशाली विजेताले पाँच लाखको बम्पर पुरस्कार प्राप्त गर्ने पनि जानकारी गराइयो ।
राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्ने
बिहीबार, असोज ८, २०८३
केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्न लागेको हो । राष्ट्र बैंकले ब्याजदरमा बोलकबोलमार्फत निक्षेप संकलन गर्ने जनाएको छ ।
राष्ट्र बैंकले ल्यायो नयाँ सुरक्षा विशेषतासहित एक हजारको नोट चलनचल्तीमा
बिहीबार, असोज ८, २०८३
राष्ट्र बैंकका अनुसार २०७९ सिरिजका तोकिएका सङ्केत नम्बरपछि अब ट-९२ ०००००१ बाट त-५० ९९९९९९ नम्बर सम्मका नयाँ नोटको वितरण सुरु गरिएको छ ।
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने
बुधबार, भदौ ३१, २०८३
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई पत्राचार गर्दै मातहतका बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँका नोट वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
हिमालयन बैंकविरुद्ध नेपाल भ्यालुअर्स एसोसिएसनद्वारा दोस्रो चरणको आन्दोलन घोषणा (भिडियोसहित)
सोमबार, भदौ २९, २०८३
सोमबार अनामनगरस्थित राष्ट्रिय प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष इन्जिनियर सञ्जयकुमार महतो, उपाध्यक्ष एवं आन्दोलन समिति संयोजक इन्जिनियर मनिष कर्ण र महासचिव इन्जिनियर अशोक सिलवालले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत लाभांश दिने
सोमबार, भदौ २९, २०८३
बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
एनआईएमबी अध्यक्ष पाँडे धरौटीमा रिहा, स्मार्ट टेलिकमक प्रकरणमा कानुनीप्रक्रिया पूरा गरेको दाबी
मंगलबार, भदौ २३, २०८३
ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा सोमबार अदालतमा उपस्थित भएका पाँडेलाई जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा
बिहीबार, भदौ १८, २०८३
बैंकका अनुसार यसअघि संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै गत असार ३० गते ३५ दिने सूचना प्रकाशित गरिएको थियो । तर तोकिएको अवधिमा कुनै आवेदन नपरेपछि अब जोसुकै व्यक्ति तथा कम्पनीले उक्त सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको हो ।
ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश
बुधबार, भदौ १७, २०८३
बैंकको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बाढीले टिमुरे–बेत्रावतीका दर्जनभन्दा बढी बैंक शाखा प्रभावित
बुधबार, भदौ १०, २०८३
नेपाल बैंकर्स संघका अनुसार टिमुरेमा सञ्चालनमा रहेका नेपाल इन्भेस्टमेन्ट मेगा, नबिल, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, हिमालयन, एनएमबी, प्रभु र माछापुच्छ्रे लगायत नौ वाणिज्य बैंकका शाखा बाढीबाट प्रभावित भएका छन् । केही शाखामा ठूलो भौतिक क्षति पुगेको र केही संरचना बाढीले बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
नाडा अटो सो लक्षित गर्दै नेपाल बैंकको अटो लोन अफर, आधार दरमा ०.४९% मात्रै प्रिमियम
मंगलबार, भदौ ९, २०८३
बैंकका अनुसार योजनाअन्तर्गत ग्राहकले बैंकबाट अटो कर्जा लिएर जुनसुकै ब्रान्डको सवारीसाधन खरिद गर्दा बैंकको आधार दरमा ०.४९ प्रतिशत मात्रै थप हुने ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
साताको लोकप्रिय

