देउवा र शेखरले बनाए चार जनाको वार्ता टोली
मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन पक्षधरसँग वार्ता गर्न सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह र नेता डाक्टर शेखर कोइराला नेतृत्वको इतर समूहका तर्फबाट वार्ता समिति बनाइएको छ ।
कांग्रेस विशेष महाधिवेशनः आज निर्वाचन प्रक्रिया अगाडि बढाइने
मंगलबार, पुस २९, २०८२
कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने उनले बताए ।
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
मंगलबार, पुस २९, २०८२
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ ।
८५ पुग्यो समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या
सोमबार, पुस २८, २०८२
उम्मेदवारी फिर्ताको निवेदन पाएपछि निर्वाचन आयोगले सम्बन्धित दललाई त्यसबारे जानकारी दिनेछ । आयोगले जानकारी दिएपछि उम्मेदवारी फिर्ता भएपछि खाली भएको ठाउँमा सम्बन्धित दलले अर्को उम्मेदवार पठाउन पाउँछ ।
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
सोमबार, पुस २८, २०८२
पार्टीको एक पक्षले विशेष महाधिवेशन गरेपछि विवाद बढ्दै गएको छ । संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका छन् भने विशेष पक्षधरहरूले भने नेतृत्व र नीति चुन्ने गरी अघि बढ्ने बताएका छन् ।
सभापति देउवाले महामन्त्रीद्वयसँग संवाद गर्ने
सोमबार, पुस २८, २०८२
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरूले महामन्त्रीद्वयसँग संवाद गर्ने जानकारी दिएका हुन् ।
काँग्रेस विशेष पक्षधरले भन्यो : ६३ प्रतिशत हस्ताक्षर कट्यो ७० प्रतिशत पुर्याउँछौँ (भिडियोसहित)
सोमबार, पुस २८, २०८२
यसै गरी नेपाली काँग्रेसको विशेष महाधिवेशनको सोमबारको बन्द सत्र स्थगित भएको छ । विशेष महाधिवेशन मङ्गलवार (पुस २९) बिहान ९ बजे बन्द सत्र पुनः सुरु हुने उनले बताए ।
नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता
सोमबार, पुस २८, २०८२
सहमतिअनुसार नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्दै पहिचान र अधिकारसहितको संघीय समाजवादी गणतन्त्रको पक्षमा सडक, सदन र सरकार तीनै क्षेत्रमा संघर्ष जारी राखिने उल्लेख गरिएको छ ।
राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आव्हान
सोमबार, पुस २८, २०८२
सिंहदरबारमा राष्ट्रियसभाको अधिवेशन आव्हान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने, नेतृत्व चयन मंगलबारै
सोमबार, पुस २८, २०८२
विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार आइतबारदेखि चलिरहेको महाधिवेशन मंगलबारसम्म लम्बिएको हो ।
पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न आग्रह
सोमबार, पुस २८, २०८२
कार्यवाहक सभापति खड्काले मुलुकको विषम् परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी रहेको उल्लेख गरेका छन् ।
राष्ट्रियसभाको अधिवेशन माघ ४ गते आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
सोमबार, पुस २८, २०८२
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद अन्तर्गत राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ गते बिहान ११ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
प्रधानमन्त्री कार्की र इजरायली राजदूतबीच शिष्टाचार भेट
सोमबार, पुस २८, २०८२
प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायलका बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकोमा खुसी व्यक्त गर्दै दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने कुरा व्यक्त गरिन् ।
साताको लोकप्रिय

