कविता : भ्रमहरू टुटेपछि
बुधबार, असोज २९, २०८२
भ्रमहरू टुटे, आवाजहरू हराए,
आँधी शान्त भयो, मनले मौन सिक्यो ।

नायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक
शनिबार, असोज २५, २०८२
नेपाली चलचित्रका महानायक राजेश हमालले आफ्नो आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरेका छन् । शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा हमाल स्वयंले पुस्तक विमोचन गरेका हुन् ।

नोस्टाल्जिक हुँदाको क्षण …
शनिबार, असोज २५, २०८२
सबै गोप्य काम कुरा ती मेरा मित्र, कम्प्युटर अधिकृत, सचिव र मन्त्रीबीचमात्र सीमित रहन्थ्यो । त्यसैले म लगायत सबै साथीहरुले उनको नाउँ नै गोप्य बहादुर राखिदिएका थियौँ । उनी त्यस शाखामा धेरै वर्ष देखि कार्यरत थिए ।

कविता : तिम्रै कुरा तिमीलाई नै सुनाउन मन छ !
शनिबार, असोज २५, २०८२
मैतालुकी दुलहीको, सुन्दर मुहार जस्तो,
अनगिन्ती सपनाको, पूर्ण वहार जस्तो,

स्वतन्त्र स्रष्टाबाट मात्रै उच्चकोटीको साहित्य सिर्जना हुन्छ: विष्णुविभु घिमिरे
मंगलबार, असोज २१, २०८२
त्यस्तो निश्चित समय त केही छैन । जुन बेला पनि मनले घच्घच्याएपछि लेख्ने हो । तर पनि मलाई बेलुकी, राति र बिहान लेख्न मन पर्छ ।

क्यान्सरसँग लड्दा लड्दै अस्ताए नवराज
सोमबार, असोज १३, २०८२
तीन वर्षदेखि ब्लड क्यान्सरसँग लडिरहेका न्यौपाने कविता र गीत संगीतलाई अति नै माया गर्थे । वैदेशिक रोजगारमा रहँदा क्यान्सर भएको थाहा पाएपछि उनी नेपाल फर्किएका थिए ।

कविता : यो जिन्दगी, खै के जिन्दगी?
शनिबार, असोज ११, २०८२
उर्लदो खहरेको बेग थेग्न नसकेर
कुहिएको जरा लिई ठिङ्ग उभिएको,
अस्तित्व हराएर लडखडाएको,
अनि, पखेटा काटिएर,
स्वतन्त्र छाडिएको पन्क्षी जस्तो,
यो जीन्दगी; खै के जीन्दगी ?

डा. नवराज लम्सालको महाकाव्य ‘कल्प’ को प्रवास विमोचन कतारमा
सोमबार, असोज ६, २०८२
लम्सालले भने, ‘यो विमोचनको साक्षी बस्ने र पुस्तकमा हस्ताक्षर गर्ने सबैप्रति हार्दिक आभार । यो प्रति सुरक्षित रूपमा काठमाडौँ लगेर राख्नेछु ।’

कविता : मलाई मृत्यु देउ !
शनिबार, असोज ४, २०८२
निश्पट्ट अन्धकार
निसास्सिएका नयनहरु,
अन्तरङ्गमा मडारिएका खुलदुलीहरु,
अनि,
नेपथ्यमा चर्किएका गुञ्जनहरु,
क्षितिजमा ठोकिएका प्रतिध्वनिहरु,
कठै! नाबालिका बलात्कृत भईन् रे,
अभियुक्तकी आमाको अट्टहास,
हे दैव! मेरो कोख किन बाँझै रहेन ?

स्रष्टा वा लेखक कुनै राजनीतिक दल, धर्म–सम्प्रदायको मात्र हुँदैन : घिमिरे
मंगलबार, भदौ ३१, २०८२
साहित्य भनेको सर्जकको अन्तर आत्माको आवाज हो । मानव जीवनको कोमल पाटो मानिने संवेदनशीलता, भावना, उद्वेगको समष्टि रूप नै साहित्य हो । तसर्थ यसमा समयले खासै फरक पारेको हुँदैन ।

कविता : शुभकामना
शनिबार, भदौ २८, २०८२
कलिला केटाकेटीहरु
विद्यालय र कलेजकै पोशाकमा,
सडक भरि पोखिएका छन् ,
हातमा प्लेकार्ड छ,
भ्रष्टाचार हटाइ सुशासन अनि,
अधिकार र स्वतन्त्रताको लागि ।

बहु वर्गीय, सामाजिक अनि सांस्कृतिक विविधतायुक्त समाजका स्रष्टा पनि विचार–निरपेक्ष हुँदैनन् - सत्य पहाडी
मंगलबार, भदौ २४, २०८२
केही वर्ष संसद्मा व्यस्त हुनुपरेकाले प्रकाशनका काम रोकिएको थियो । लेख्ने काम भने सामान्यतया चलिरहेको थियो । अहिले केही समय मिलेको छ, रोकिएका प्रकाशनका कामलाई अगाडि बढाइरहेकी छु ।
साताको लोकप्रिय