Harsamaya
क्यौलेठाना आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र खेलकुद सामग्री वितरण
क्यौलेठाना आधारभूत विद्यालयमा नगरप्रमुख आइतमान तामाङलगायत ।

मेलम्ची - मेलम्ची नगरपालिका–९ मा अवस्थित क्यौलेठाना आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा खेलकुद सामग्री र शिक्षकहरूलाई झोला वितरण गरिएको छ। आइतबार विद्यालय परिसरमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सामग्रीहरू वितरण गरिएको हो।

स्थायी घर पर्सा भइ हाल अमेरिकामा बसोबास गर्दै आएका शान्त घलेको सहयोगमा विद्यार्थीहरूका लागि न्यानो कपडा उपलब्ध गराइएको विद्यालयले जनाएको छ। कार्यक्रममा मेलम्ची नगरप्रमुख आइतमान तामाङ प्रमुख अतिथि तथा वडा सदस्य पूर्णबहादुर तामाङ विशेष अतिथि रहेका थिए । 

बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थीहरूलाई न्यानो कपडा वितरणका लागि विद्यालयका पूर्वविद्यार्थी तथा पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य सचिन तामाङ (पाख्रिन) र पूर्वशिक्षक आस्मा तामाङ (पाख्रिन) ले समन्वय गरेका थिए । त्यस्तै, बौद्ध स्पोर्ट्सका सञ्चालक राधिका तामाङ र सुनिल तामाङले खेलकुद सामग्रीहरू प्रदान गरे । यसैगरी, विद्यालय व्यवस्थापन समितिका सदस्य सोमाली तामाङको तर्फबाट शिक्षकहरूलाई झोला वितरण गरिएको विद्यालयले जनाएको छ।

melamchi-(1)-1763899671.jpg
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले विद्यालय विकासका लागि सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै नगरपालिकाले शिक्षा क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । 

विद्यालयका प्रधानाध्यापक भरतकुमार मल्लले सहयोगी हातहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र मायाको अपेक्षा रहेको बताए । 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update