
मिठास थियो वाणीमा, सुन्थे सवै वरिपरी,
कर्कस लाग्दछ अब, तित्रा बैरी भए सरी,
लगाम राखेर शब्दले, पर्गेल्छन पो के कति ?
अमुक नै जाती भो प्रभू, मलाई मुर्दा बनाई देउ,
चरा मारे सरी मार्यौ, दया भाव आएन कि !
कलिला ओठमा हेर्दा, असजिलो भएन कि !
रित्यायौं काख आमाका, रेट्यौं कति सपनाहरु,
होसमा आउनु भन्दा प्रभु, मलाई मुर्दा बनाई देउ ।
रगतको आहाल कुल्ची, बजार्दछौं बुट कति,
पड्काउ बन्दुक हदैसम्म, खेल पौडी चाहे जति,
समुन्नतको त के कुरा, स्व-उन्नति मात्रै देख्यौं,
तुहिएको हेर्नु भन्दा प्रभू, मलाई मुर्दा बनाई देउ,
आकार देख्ने नजरमा, सेपीलो ओश लागेछ,
विपना मै सपना हेर्ने, खै कस्तो जोश जागेछ,
सहिद बनायौ सपुतहरु, के दियौं देशको लागि,
अग्नीदहन हेर्नु भन्दा प्रभु, मलाई मुर्दा बनाईदेउ ।
हिजो जे भनेँ थेँ मैले, अर्थ नै गलत लागेछ,
मनले आज त्यही भन्छ, कथाले त्यस्तै मागेछ,
मेरा तीनै शव्दहरु, मैलाई कटाक्ष गर्छन भने,
गलत सुन्नु भन्दा प्रभू, मलाई मुर्दा बनाईदेउ ।
- गणेश हुमागाँई "मझेरी"
लाजिम्पाट, काठमाण्डौ ।