Harsamaya
गणेश हुमागाँई (मझेरी)
गणेश हुमागाँई (मझेरी)
कविता : जिन्दगी !
कविता : जिन्दगी ! घटाउँदा घटाउ मिलेन कि, सरलीकरणमा शुत्र, न ठ्याक्क हिसाब मिल्छ, न त देखिन्छ गल्ती नै , नतिजामा हात लागेको शुन्य जस्तै ओथारो बसेको गुँढ बनेछ जिन्दगी, देख्दा चटक्क छ तर असरल्ल।
पहिचान हराएको मान्छे !
पहिचान हराएको मान्छे ! एक ताउ पहाडे कागजमा, परिचय खोजिन्छ यहाँ, बजारु नारी तथा पुरुषसँग, अस्मिता अनि पुरुषत्व जोखिन्छ यहाँ । सस्ता हुन कि आडम्वरी, अन्जान हुन वा विदुर, मौन कोलाहलको बिचमा, मान्छे,आफूलाई नियाल्दै छ, लाग्छ,आफ्नै पहिचान हराएको छ ।
कविता : साथी ! मैले पार्टी छाडेँ नि
कविता : साथी ! मैले पार्टी छाडेँ नि बाल्यकालमा हँसिया समाएँ, अहिले हतौडाले टाउकोमा हान्दैछ, आकाशमा तारा टिलपिलाएको देखेँ, रोशनीले मन लालायित भएछ सायद !
कविता: गुरु
कविता: गुरु रातको निष्तब्धता चिर्दै, दिनको व्यग्र पर्खाइमा, लोलाएका निरिह अनि निर्भिक नयनहरु, कसैको पर्खाईमा टोलाइरहेछन, एकोहोरो भावमा व्यग्रता छछल्किदैंछ, लाग्छ निकै आतुरमा छन् प्रतिक्षाहरू ।
कविता : स्वपनाहरू !
कविता : स्वपनाहरू ! विथोलिई रहेछन स्वपनाहरू, निद्राको अधिपत्य साँगुरिएको छ, स्वपनाका मुलधारहरु चौबाटोमा छन्, चुनौतीका पहाडहरूसँगै, गन्तव्य तरङ्गीत बनेको छ ।
कविता :मलाई मुर्दा बनाई देउ !
कविता :मलाई मुर्दा बनाई देउ ! मेरा तीनै शव्दहरु, मैलाई कटाक्ष गर्छन भने, गलत सुन्नु भन्दा प्रभू, मलाई मुर्दा बनाईदेउ ।
कविता : तिम्रै कुरा तिमीलाई नै सुनाउन मन छ !
कविता : तिम्रै कुरा तिमीलाई नै सुनाउन मन छ ! मैतालुकी दुलहीको, सुन्दर मुहार जस्तो, अनगिन्ती सपनाको, पूर्ण वहार जस्तो,
कविता : यो जिन्दगी, खै के जिन्दगी? 
कविता : यो जिन्दगी, खै के जिन्दगी?  उर्लदो खहरेको बेग थेग्न नसकेर कुहिएको जरा लिई ठिङ्ग उभिएको, अस्तित्व हराएर लडखडाएको, अनि, पखेटा काटिएर, स्वतन्त्र छाडिएको पन्क्षी जस्तो, यो जीन्दगी; खै के जीन्दगी ? 
कविता : मलाई मृत्यु देउ ! 
कविता : मलाई मृत्यु देउ !  निश्पट्ट अन्धकार निसास्सिएका नयनहरु, अन्तरङ्गमा मडारिएका खुलदुलीहरु, अनि, नेपथ्यमा चर्किएका गुञ्जनहरु, क्षितिजमा ठोकिएका प्रतिध्वनिहरु, कठै! नाबालिका बलात्कृत भईन् रे, अभियुक्तकी आमाको अट्टहास, हे दैव! मेरो कोख किन बाँझै रहेन ?
कविता : शुभकामना
कविता : शुभकामना कलिला केटाकेटीहरु विद्यालय र कलेजकै पोशाकमा, सडक भरि पोखिएका छन् , हातमा प्लेकार्ड छ, भ्रष्टाचार हटाइ सुशासन अनि, अधिकार र स्वतन्त्रताको लागि ।
कविता : दशैं
कविता : दशैं रमाउने र कमाउने, समाउने र गुमाउने, कराउने र भराउने बीचको सन्निकटताको आभाष खोज्दा, तल्लापट्टीको बिरौटो बन्धकी परेछ ।
कविता : म ईन्जिनियर !
कविता : म ईन्जिनियर ! पारी गाँउमा कुकुर भुक्दैछन्, मानिसको कोकोहोलो पनि सुनिदैंछ, काँल्लामा मानिसहरू उभिए झै देखिन्छ, आकाश रोईरहेको छ, गोधुलीमय क्षितिज निहालिदैंछ अझै, खहरे सुसाउँदै उर्लिरहेको छ, म वल्लो क्षितिजमा अडिएको छु , आँखाले तस्वीर लिईरहेछु, तर, जान सकेको छुईन, किन कि ! म ईन्जिनियर !!
Weather Update