Harsamaya
कविता : स्वपनाहरू !
ग्राफिक्स : हर समय/Har Samaya

विथोलिई रहेछन स्वपनाहरू,
निद्राको अधिपत्य साँगुरिएको छ,
स्वपनाका मुलधारहरु चौबाटोमा छन्,
चुनौतीका पहाडहरूसँगै,
गन्तव्य तरङ्गीत बनेको छ ।

सहाराहरुको घनिभुत पर्खाई,
क्षितिजमा एक जुवा उज्यालो बाँकी छ,
कौतुहलताहरू मडारिई रहेछन,
यता र उताको भावसँगै,
गन्तव्य निचोरिई रहेको छ।

गन्तव्यको उद्वेलन सँगै,
भावनाहरु उत्सर्जन खोज्दैछन्,
स्नायुहरु थिलथिलाएका छन्,
गतीले गन्तव्य पर्गेल्न नसके सँगै,
मानसिकता तगारोमा थलिएको छ ।

क्षितिजले चुम्न नसकेको गोधुली,
समिपमा नदेखिएको सामिप्यता,
लालिमाको पर्खाईका स्वपनाहरू ,
जुनकिरीले नठम्याएको गोरेटो सँगै,
सुनामीको भयले ग्रसित छन् ।

विचारहरुको सघनता,
आशामा पाउलिएको निकास,
ज्वारभाटाले थलिएका छालहरु,
अनि,
वर्षाद पछि खुलेको आकाशसँगै,
निष्काम बनेका छन स्वपनाहरु,
टक्क अडिएको छ गन्तव्य ।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update