Harsamaya
कविता : यो जिन्दगी, खै के जिन्दगी? 
कविता : यो जिन्दगी, खै के जिन्दगी?  उर्लदो खहरेको बेग थेग्न नसकेर कुहिएको जरा लिई ठिङ्ग उभिएको, अस्तित्व हराएर लडखडाएको, अनि, पखेटा काटिएर, स्वतन्त्र छाडिएको पन्क्षी जस्तो, यो जीन्दगी; खै के जीन्दगी ? 
कविता : मलाई मृत्यु देउ ! 
कविता : मलाई मृत्यु देउ !  निश्पट्ट अन्धकार निसास्सिएका नयनहरु, अन्तरङ्गमा मडारिएका खुलदुलीहरु, अनि, नेपथ्यमा चर्किएका गुञ्जनहरु, क्षितिजमा ठोकिएका प्रतिध्वनिहरु, कठै! नाबालिका बलात्कृत भईन् रे, अभियुक्तकी आमाको अट्टहास, हे दैव! मेरो कोख किन बाँझै रहेन ?
कविता : शुभकामना
कविता : शुभकामना कलिला केटाकेटीहरु विद्यालय र कलेजकै पोशाकमा, सडक भरि पोखिएका छन् , हातमा प्लेकार्ड छ, भ्रष्टाचार हटाइ सुशासन अनि, अधिकार र स्वतन्त्रताको लागि ।
कविता : दशैं
कविता : दशैं रमाउने र कमाउने, समाउने र गुमाउने, कराउने र भराउने बीचको सन्निकटताको आभाष खोज्दा, तल्लापट्टीको बिरौटो बन्धकी परेछ ।
कविता : म ईन्जिनियर !
कविता : म ईन्जिनियर ! पारी गाँउमा कुकुर भुक्दैछन्, मानिसको कोकोहोलो पनि सुनिदैंछ, काँल्लामा मानिसहरू उभिए झै देखिन्छ, आकाश रोईरहेको छ, गोधुलीमय क्षितिज निहालिदैंछ अझै, खहरे सुसाउँदै उर्लिरहेको छ, म वल्लो क्षितिजमा अडिएको छु , आँखाले तस्वीर लिईरहेछु, तर, जान सकेको छुईन, किन कि ! म ईन्जिनियर !!
कविता : स्वतन्त्रता !
कविता : स्वतन्त्रता ! एउटा भन्दैछ, बोल्न देउ, अर्कोले तगारो तेर्स्याई रहेछ, वैचारिक द्वन्दको खेलमा विचारहरू अपहरणमा छन जिब्रोहरु थुतिएका छन , वाक स्वतन्त्रतामा लगाम लाग्दैछ  चाणक्यहरु चतुरता देखाउँदै छन ।
Weather Update