Harsamaya
कविता : साथी ! मैले पार्टी छाडेँ नि
ग्राफिक्स: हर समय/Har Samaya

 बाल्यकालमा हँसिया समाएँ,
अहिले हतौडाले टाउकोमा हान्दैछ,
आकाशमा तारा टिलपिलाएको देखेँ,
रोशनीले मन लालायित भएछ सायद !
मशाल बोकेर त्यतैतिर लागेँ,
अहिले घण्टीमय छन मकानहरु;
सबै आवाजहरू कर्कश लाग्नथाले पछि,
अनि,अस्थिर र अराजक बने पछि;
साथी ! मैले पार्टी छाडेँ नि !

म,आफैमा प्रश्न चिन्ह !
हिजो विद्यार्थी हुँदाको नीतिले,
औपचारिक पढाइ सकाउँदा सम्म,
द्वन्द मात्रै एकछत्र हावी भए पछि,
स्थिरतामा देखिएको तरलता,
अनि,
नोकरीको अस्ताचल सम्म पनि,
सेवाग्राही र सहकर्मीहरु समेतले,
आकलन गर्न नसक्ने भएपछि,
आफ्नो आस्थाले आफैंलाई ,
अनवरत प्रहार गर्न थालेपछि,
साथी ! मैले पार्टी छाडेँ नि !

तितो यथार्थ !
विचार र सिद्धान्त मिलेन रे,
अछुतो रहेन कर्मस्थल पनि,
निष्ठा एउटै तर धार फरक ,
आचार उस्तै; संहिता फरक,
आधारहरुको भत्काईएको चर,
सिद्धान्तत: उछिट्टिएको गोचर,
ठेस लागेर चोईटिएको स्वभीमान,
वर्चश्व माथिको बढ्दो अभिमान,
कुन‌ै धार पनि सशक्त नबने पछि,
विचारको घर पनि लगलगाउने नै भयो,
त्यसैले,सकसहरुले बिझाउन नछाडे पछि,
साथी ! मैले पार्टी छाडेँ नि !

यो पनि पढ्नुहोस

यो पनि पढ्नुहोस

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update