Harsamaya
जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ विमोचन
पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ पुस्तक ‘मगनी मरिक’ विमोचन ।

काठमाडौं - पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ पुस्तक ‘मगनी मरिक’ विमोचन भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो ।

पुस्तक विमोचन हुनुअघि नै ‘मगनी मरिक’ का ७० प्रति बिक्री भइसकेका थिए ।

सापकोटा विगत दुई दशकदेखि पत्रकारिता, साहित्य लेखन तथा प्राज्ञिक अनुसन्धानमा सक्रिय छन् । कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी मानवीय मूल्य र नागरिक न्यायका विषयमा विशेष चासो राख्छन् ।

उनका यसअघि ‘जीवन कतिपय’ (निबन्धसङ्ग्रह, २०१४), ‘कहर’ (गैरआख्यान, २०१६) र ‘नेपाली उपन्यासमा बसाइँसराइ : दुःखदेखि दुःखसम्म’ (अनुसन्धानमूलक कृति, २०१९) प्रकाशित छन् ।

सापकोटाले एसोसिएटेड प्रेस, अलजजिरा, एबीसी अस्ट्रेलिया, द टाइम्स र द डिप्लोम्याटलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि पनि काम गरिसकेका छन् । ‘मगनी मरिक’ उनको पछिल्लो कृति हो ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update