Harsamaya
कात्तिक ६ : नुवाकोट दरबारको पुनर्निर्माण
दसैँको चहलपहल चलिरहँदा नुवाकोटको ऐतिहासिक साततले दरबारको पुनर्निर्माण कार्य भने जारी छ । २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको विदुर नगरपालिका–२ स्थित दरबार चिनियाँ सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको हो । वि.सं. १८१९ मा पृथ्वीनारायण शाहले निर्माण गराएको यो दरबार नेपाल एकीकरणको इतिहास बोकेको महत्वपूर्ण सम्पदा हो । लामो समयदेखि पुनर्निर्माणको प्रतीक्षामा रहेको दरबारले काँचुली फेर्दै गर्दा दसैँको बिदामा समेत निर्माण कार्य जारी रहनुले ऐतिहासिक धरोहरलाई पुरानै स्वरूपमा फर्काउने प्रयासलाई झल्काएको छ। आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको साततले दरबारको पुनर्निर्माण सम्पन्न भएपछि यसको ऐतिहासिक र सांस्कृतिक महत्व थप उजागर हुने अपेक्षा गरिएको छ । तस्बिर : हर समय संवाददाता, नुवाकोट

प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update