काठमाडौँ - महाभारतका निर्देशक नवीन भट्ट नेपाली चलचित्र, वृत्तचित्र, म्युजिक भिडियो तथा सर्ट फिल्म क्षेत्रमा सक्रिय र बहुआयामिक सर्जकका रूपमा परिचित छन् । निर्देशक, लेखक, सम्पादक र निर्माता जस्ता विभिन्न भूमिकामा काम गर्दै आएका भट्टले पछिल्लो समय नेपाली दृश्य–श्रव्य क्षेत्रमा आफ्नो अलग पहिचान स्थापित गरेका छन् । सिर्जनात्मक प्रस्तुति र कथावाचन शैलीका कारण चर्चामा रहेका भट्टले चलचित्र क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हाल्दै अनुभव बटुलेका छन् । उनले चलचित्र ‘फरफिरे फिरिरि’ मा लेखक तथा निर्देशकको भूमिका निर्वाह गरेका छन् । सामाजिक परिवेश र समकालीन विषयवस्तुलाई कलात्मक ढंगले प्रस्तुत गर्ने उनको प्रयासलाई दर्शक तथा समीक्षकहरूले सकारात्मक रूपमा लिएका छन् ।
त्यसैगरी चलचित्र ‘जुलेबी’ मा उनले निर्माताको जिम्मेवारी सम्हालेका थिए भने त्रिभुवन विश्वविद्यालयमामा सम्पादकका रूपमा काम गरेका थिए । पर्दापछाडिको प्राविधिक पक्षमा पनि उत्तिकै दक्ष मानिने भट्टले सम्पादनमार्फत कथाको प्रभावलाई अझ सशक्त बनाउने क्षमता देखाएका छन् । वृत्तचित्र निर्माणतर्फ पनि उनको योगदान उल्लेखनीय छ । उनले ‘राइज एण्ड फल’, ‘सर्कस काठमाडौं’ र ‘बीन टु कप’ लगायतका वृत्तचित्र निर्देशन तथा सम्पादन गरेका छन् । यी वृत्तचित्रमार्फत समाज, संस्कृति, जीवनशैली र मानव अनुभवका विविध पक्षलाई दर्शकमाझ पुर्याउने प्रयास गरेका छन् ।
म्युजिक भिडियो तथा सर्ट फिल्म क्षेत्रमा पनि भट्ट उत्तिकै सक्रिय छन्। ‘मुना’, ‘कफी क्रस’, ‘नासव’, ‘जेमिनी’ र ‘अस्तित्व’ जस्ता परियोजनामा उनले आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गरेका छन् । फरक शैली, विषयवस्तु र प्रस्तुतीकरणका माध्यमबाट उनले नयाँ पुस्ताका दर्शकसँग संवाद गर्ने प्रयास गर्दै आएका छन् । नेपाली चलचित्र उद्योगमा सीमित स्रोतसाधनबीच पनि निरन्तर प्रयोगशील र सिर्जनात्मक काम गर्दै आएका नवीन भट्टलाई युवा पुस्ताका आशलाग्दा सर्जकमध्ये एकका रूपमा हेरिन्छ । कथा लेखनदेखि निर्देशन, सम्पादनदेखि निर्माणसम्मका विविध विधामा सक्रिय रहँदै उनले नेपाली दृश्य–श्रव्य क्षेत्रलाई थप समृद्ध बनाउन योगदान दिइरहेका छन् । उनै भट्टसँग हर समयले गरेको कुराकानी :-
अहिले कान्तिपुर थियटरमा नाटक ‘माहाभारत’मन्चन भइरहेको छ, किन पौराणिक नाटक निर्देशन गर्नु भएको ?
महाभारत एउटा ‘चाइल्ड हुड’ मेमोरी पनि थियो । सानो हुदाँ टिभीमा महाभारत हेरिरहेको हुन्थे । मैले ३-४ चोटी पढिसकेको छु । बीआर चोपराको सिरियल मैले त्यो २०/२५ चोटी हेरिसकेको छु । बच्चाको मेमोरीमा मलाई फरक-फरक पात्रहरु रोचक लाग्थ्यो । जस्तै कर्ण, दुर्योधनको क्यारेक्टर , पाँच पाण्डव त छदैं छ । त्यो बाहेक बार्बरिक, एकलब्य, अभिमन्युको क्यारेक्टर पनि राम्रो लाग्थ्यो । पात्रहरूको समय छोटो थियो तर तिनीहरु ‘वेल रिटन स्क्रिप्ट’ जस्तो लाग्थ्यो। सानो पात्र भए पनि एकदम ठूलो प्रभाव थियो । किन यो पात्र यति कमजोर भएको होला ? किन अर्को बलियो भएको होला ? त्यसले ‘ट्र्रिगर’ गरिरहेको हुन्थ्यो बेला-बेला । मेरो साथी सन्दीपले करनद भाषामा भएको भारतीय लेखक कुलदिप कुनालले लेखेको एकलब्य वाचअ भन्ने एउटा प्ले थियो त्यो प्ले पढ्न दियो । उताबाट राइट लिन कुरा गरौं । नेपालमा मन्चन गर्छौं भनेपछि उताबाट राइट मिल्यो । फुल स्क्रिप्ट लिएर परिमार्जित रुपमा हामीले महाभारत बनायौं ।
नाटकमा पात्र छनोट गर्दा एकदमै सिनियर कलाकार, हास्यव्यङ्ग्य कलाकार देखि नयाँ प्रतिभालाई समेत समेटेर नाटक तयार गर्नु भएको छ कतिको सहज भयो ?
सिनियर आर्टिस्ट भयो भने याक्टिङको कुरा कम हुन्छ । सर यो सिनमा यस्तो इमोसन चाहियो भन्यो भने उहाँहरुबाट मज्जाले आउँछ । नयाँ संग गर्दा यो सिनमा यस्तो चाहियो भन्नुपर्छ । एउटै प्ले भित्र पनि फरक पात्रहरूसँग फरक-फरक एप्रोचमा निर्देशन गर्नुपर्छ । सिनियर आर्टिस्टले नाटक पहिलो पटक गरिरहेको भए पनि यो सिन गर्दिनु है, यो सिन मैले खोजि रहेको हो है , यो सिन गर्दा मलाई यहाँ सम्मको इमोसन चाहिएको हो भन्दा फाइन हुन्छ । भर्खर सिकिरहेको आर्टिस्टहरुसंग काम गर्दा यहाँ नेर मलाई इमोसन यस्तो चाहिएको हो भनेर अली डिटेलमा ब्रिफिंग गर्नु पर्छ ।
तपाईंले नाटकलाई पौराणिक कथाभन्दा वर्तमान समाजको विमर्शका रूपमा प्रस्तुत गर्नुभएको छ। ‘एकलव्य’यो समाजसंग कसरी जोड्नु भएको छ ?
एकलब्य आफैंमा जातको पात्र , आदिवासी पात्र, सुद्र पात्र हो । त्यो समयमा एकलव्य किन वन्चित भयो भन्ने एउटा कुरा छ । तर वास्तवमा एकलब्यको कथाले भने एकलब्य किन क्षत्रीय भएन भन्ने प्रश्न गरिरहेको हो । जस्तो अर्जुन क्षत्रिय हो । त्यहीँ भएर अर्जुनले धनुर्धर गुरु द्रोणबाट शिक्षा लिन पाए । तर एकलब्य क्षत्रिय भएको भए त्यो समयमा । एकलब्य आदिवासी हो, सुद्र हो त्यता तिरबाट प्ले छ । तर मैले खोजी रहेको एकलब्यले दुख पायो होइन की एकलब्य क्षत्रिय भएको भए के हुन्थ्यो ? भन्ने हो ।
यो नाटक आजको जेनजी युवाहरुले किन हेर्नुपर्छ ?
पोलिटिक्समा ठूलो चेन्ज भैसक्यो । पोलिटिकल चेन्जको मेन अजेण्डा के थियो भने हामी को कसको नातेदार हो कसैलाई थाहा छैन । को कहाँबाट आएको हो थाहा छैन । हामीलाई ट्यालेन्ट चाहिन्छ भन्ने हो । अनि एकलब्य ट्यालेन्ट हो । त्यो ट्यालेन्टलाइ महाभारतमा कसरी लुकाइएको थियो र अहिलेको पुस्तामा पनि ट्यालेन्टहरु लुकिरहेका होलान् । अब सरकार परिवर्तन भएको छ । धेरै ट्यालेन्ट चाहिन्छ । पहिलाका एकलब्यहरु अहिले ट्यालेन्ट भएर आइसकेका छन् । त्यो ट्यालेन्टेड मान्छेहरु डेभलपमेन्ट सेक्टरमा धेरै छन् ।
स्ट्याण्ड अप कमेडी पृष्टभुमिबाट आएका कलाकार मनोज गजुरेललाई गहन पात्र दिनु भएको छ जबकी उहाँको यो पहिलो नाटक हो टिममा, किन यसरी रिस्क लिनु भएको ?
मनोज गजुरेल सरले थियटर पहिलो पटक गर्नु भएको हो । तर मेरो बुवाको बेलाबाट प्रसंशा गरिरहेको मान्छे । स्टेजमा काम गरिरहेको मान्छे । सोलो गर्नुहुन्थ्यो याक्टिङ तर उहाँको भेराइटी छ । कुनै बेला डोनाल्ड ट्रम्पको गर्नु भएको थियो । अस्ति आमाको पात्र गर्नु भएको थियो । उहाँमा एउटा विविधता छ । थियटरमा टेक्निक मात्र थाहा पाउन पर्ने थियो । हामीले टेक्निक मात्र गाइड गर्दिने हो । याक्टर त उहाँ पहिलैबाट ट्यालेन्टेड कलाकार हो ।
अन्त्यमा दर्शकलाई के भन्न चाहानुहुन्छ ?
हामीले रोचक एक्सपेरिमेन्ट पनी गरेका छौं । अनि नाटकमा पनि अलि फरक खाले । हुन् त सबैले फरक नाटक बनाएको छौं भन्छन् । वट वी ह्याभ मेक समथिङ डिफ्रन्ट विथिन माहाभारत । त्यो डिफ्रेन्ड एक्सपिरियन्सको लागि डिफ्रेन्ड इमोसनको लागि एकचोटी चाहीँ नाटक हेर्नुपर्छ ।



