प्रचण्ड नुवाकोट जाँदै, भोटेकोशी बाढीको क्षति अवलोकन गर्ने
काठमाडौं - नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज नुवाकोट जाने भएका छन्।
प्रचण्ड भदौ २७ गते बिहान करिब ११ बजे नुवाकोट प्रस्थान गरी भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको अवलोकन गर्ने कार्यक्रम तय भएको छ।
सो क्रममा उनले बाढी प्रभावित स्थानीय बासिन्दा, पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने जनाइएको छ।
प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३ ०६:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

