सल्यान कांग्रेसको सभापतिमा दीपकजंग चन्द सर्वसम्मत
सल्यान - नेपाली कांग्रेस सल्यानको १५औँ जिल्ला अधिवेशनबाट दीपकजंग चन्द जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका छन्।
देउवा पक्षले सल्यानको श्रीनगरमा आयोजना गरेको अधिवेशनले चन्दको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।
अधिवेशनबाट उपसभापतिमा यज्ञविक्रम शाह, सचिवमा राजेशकुमार रेग्मी र सहसचिवमा गोपाल चन्द चयन भएका छन्।
त्यस्तै, अधिवेशनले महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा जिल्लाका १० वटै स्थानीय तहका सभापतिसमेत चयन गरेको उपसभापति शाहले जानकारी दिए।
प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३ ०७:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

