Harsamaya
कोशीमा कांग्रेसको बृहत् एकता भेला,  डा. शेखर प्रमुख अतिथि
वरिष्ठ नेता डा. शेखर कोइराला ।

विराटनगर - नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष र गुटीय विवादका बीच वरिष्ठ नेता डा. शेखर कोइराला पक्षले कोशी प्रदेशस्तरीय भेला आयोजना गर्दैछ। ‘नेपाली कांग्रेसको बृहत् एकताका लागि’ भन्ने नारासहित विराटनगरस्थित मनास्लु होटलमा भेला आगामी ३१ गते भेला हुन लागेको हो । 

आइतबार दिउँसो ११ बजेदेखि सुरु हुने उक्त भेलामा कांग्रेस डा. शेखर प्रमुख अतिथि रहनेछन्। त्यस्तै पूर्व महामन्त्री शंशाक कोइराला, कृष्ण सिटौलालगायतले पनि सम्बोधन गर्नेछन् । यस्तै कार्यक्रमलाई विजय गच्छदार,एनपी साउद र मिन विश्वकर्माले पनि सम्बोधन गर्नेछन् । कार्यक्रममा पार्टीको वैचारिक दिशा, संगठन सुदृढीकरण र आगामी महाधिवेशनको तयारीबारे छलफल हुने जनाइएको छ।

विशेष महाधिवेशनबाट गगन कुमार थापा सभापति बनेपछि कांग्रेसमा ध्रुवीकरण बढेको छ । कांग्रेसका फेसहरूलाई पाखा लगाउन गरिएको विशेष महाधिवेशनले कांग्रेस विवाद वडा तहसम्म नै पुगेको छ ।

पछिल्लो समय पार्टीमा संस्थापन पक्षको एकलौटी भएकव र फरक मतलाई बेवास्ता गरिएको भन्दै कोइराला पक्ष असन्तुष्ट देखिएको छ। यही असन्तुष्टिलाई संगठित गर्दै प्रदेशस्तरमा शक्ति प्रदर्शन गर्न भेला आयोजना गरिएको विश्लेषण गरिएको छ।

यद्यपि, कोइराला पक्षले भने भेलाको उद्देश्य गुटबन्दी नभई ‘कांग्रेसको बृहत् एकता, साझा प्रतिबद्धता र पार्टीलाई बलियो बनाउने अभियान’ भएको दाबी गरेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ २९, २०८३  ०७:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update