‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’ : प्रधानमन्त्री बालेन
काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले देश जोगाउने र पार्टी जोगाउनेबीच फरक रहेको भन्दै राजनीतिक दलका नेता तथा कार्यकर्ताको भूमिकामाथि टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्री शाहले राजनीतिक दलका कार्यकर्ता आपसमा लडिरहँदा नेताहरू हाँसेर बस्ने गरेको तर आफ्नो पक्षका नेताहरू जनताको हित र मानवताको पक्षमा उभिने गरेको आशय व्यक्त गरेका छन्।
उनले लेखेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्। हाम्रो नेता लड्छन्, मानवताले आश गर्छन् ! फरक यति हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ।’
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिले राजनीतिक दलको प्राथमिकता र नेतृत्वको भूमिकामाथि प्रश्न उठाएको छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३ २१:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

