Harsamaya
डा. शेखरले भने- सिमरा घटनाले संविधानको रक्षा र निर्वाचनलाई अप्ठ्यारोमा पार्छ

काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संविधानको रक्षा र आम निर्वाचनलाई अप्ठ्यारोमा पार्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै कोइरालाले संयमित बनेर निर्वाचनको वातावरण बनाउन आव्हान गरे ।

‘संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको साझा कर्तव्य हो’ । उनले भने, ‘हिजो सिमरामा भएका जस्ता घटनाले ती दुवैलाई अप्ठेरोमा पार्न सक्छन् । संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ ’। नेकपा एमालेका नेताहरू बारा जाने भनेपछि जेनजीले गरेको विरोध प्रदर्शनले बारामा कर्फ्यु लगाउनु परेको थियो।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update