त्रिलोचन आचार्य ‘अविश्रान्तु’लोकार्पण
काठमाडौं - त्रिलोचन आचार्यद्वारा रचित ‘अविश्रान्तु’ महाकाव्य शुक्रबार एक विशेष समारोहबीच लोकार्पण गरिएको छ ।
साहित्य सदन नेपालले आफ्नो ३५औँ साधारणसभा तथा वार्षिक कार्यक्रमको अवसरमा महाकाव्य लोकार्पण गरेको हो । त्यस अवसरमा प्रा डा देवी नेपाल, पूर्वमन्त्री साहित्यकार शान्ता मानवी, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव प्रा डा जीवेन्द्रदेव गिरीलगायतले कवि व्यथित र ‘अविश्रान्तु’ महाकाव्यका बारेमा चर्चा गरे ।
त्यस अवसरमा यस वर्षको केदारमान व्यथित साहित्य सम्मान–२०८२ बाट डा तुलशीप्रसाद भट्टराई र सुधा भट्टराईलाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२ ०८:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

