Harsamaya
प्रेमकथामार्फत देशप्रेमको कथा सुनाउँदै सरोज भट्टराईको ‘कलेजी प्रेम’
‘कलेजी प्रेम’ लोकार्पण कार्यक्रम ।

काठमाडौं - लेखक सरोज भट्टराईले आफ्नो पहिलो कृति ‘कलेजी प्रेम’मार्फत प्रेम र सम्बन्धसँगै समाज र मातृभूमिप्रतिको भावनालाई साहित्यमा उतारेका छन्।

प्रेमकथालाई केन्द्रमा राखिए पनि ‘कलेजी प्रेम’ प्रेममा मात्र सीमित नभएको लेखक भट्टराईले बताएका छन्। सोमबार आयोजित लोकार्पण समारोहमा उनले कृतिले समाज, जीवन र राष्ट्रप्रतिको भावनालाई एउटै संवेदनात्मक यात्रामा जोड्ने प्रयास गरेको बताए।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटी विशेष अतिथिका रूपमा उपस्थित थिए।

पुस्तकमाथि समीक्षक दीपशिखा घिमिरे र नवीन खत्रीले आफ्ना विचार प्रस्तुत गरेका थिए।

लोकार्पण कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले ‘कलेजी प्रेम’मा प्रस्तुत कथा र विचार नेपालमै बसेर आफ्नो पहिचान बनाउन चाहने युवाको जीवनसँग जोडिन सक्ने बताए। उनले युवाले आफ्नो सीप र ज्ञानलाई देश निर्माणमा प्रयोग गर्नुपर्नेमा जोड दिए।

देशप्रतिको नागरिक दायित्वलाई समेत साहित्यिक कथासँग जोडिएको ‘कलेजी प्रेम’ लेखक भट्टराईको पहिलो कृति हो। कृतिले प्रेम, सम्बन्ध र मानवीय संवेदनासँगै समाज र देशप्रतिको आत्मीयतालाई अभिव्यक्त गर्ने प्रयास गरेको छ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update