Harsamaya
ट्राफिक प्रहरीले गर्यो ४२६ जनालाई कारबाही
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४२६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४१, सिसिटिभिमार्फत ४५, रातोबत्तीमा ५७ जना चालकलाई कारबाही गरिएको छ । 

यसैगरी, तीव्रगतिमा १०८, हर्न निषेधमा १२, अवस्था ठिक नभएको ८ जना र अन्यमा १५१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update