कविता : म ईन्जिनियर !
शनिबार, भदौ १४, २०८२
पारी गाँउमा कुकुर भुक्दैछन्,
मानिसको कोकोहोलो पनि सुनिदैंछ,
काँल्लामा मानिसहरू उभिए झै देखिन्छ,
आकाश रोईरहेको छ,
गोधुलीमय क्षितिज निहालिदैंछ अझै,
खहरे सुसाउँदै उर्लिरहेको छ,
म वल्लो क्षितिजमा अडिएको छु ,
आँखाले तस्वीर लिईरहेछु,
तर, जान सकेको छुईन,
किन कि ! म ईन्जिनियर !!
कविताले ऐनाको रुपमा काम गर्छ : गगन थापा (भिडियो)
शुक्रबार, भदौ १३, २०८२
नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले कविताले सबैलाई ऐनाका रुपमा काम गर्ने बताएका छन् ।
राजनीतिले सपार्ने र बिगार्ने दुवै काम गर्छ, तर साहित्यले भने कहिल्यै बिगार्दैन —हरि मञ्जुश्री
मंगलबार, भदौ १०, २०८२
मलाई साहित्य–सिर्जना गर्नका लागि एकान्त ठाउँ चाहिँदैन । सामाजिक र राजनीतिक वातावरणले हृदयमा उद्वेलन उत्पन्न गराइदिएपछि म साहित्यको जुन विधामा त्यसलाई विषयवस्तु बनाएर त्यसको ढाँचा बनाउँछु, त्यसैलाई फुर्सद भएको समयमा साहित्यिक स्वरूपमा ढाल्छु ।
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
मंगलबार, भदौ १०, २०८२
निकै निस्तेज भएको मानिएको नेपाली महाकाव्य विधालाई उचाइ दिनमा उनको योगदान विशेष र विशिष्ट मानिन्छ। उनले काव्यलाई बौद्धिक र प्राज्ञिकहरूको मात्रै साँघुरो कब्जाबाट बाहिर निकालेर जेनजी पुस्तासम्म पुर्याएका छन्।
कविता : स्वतन्त्रता !
शनिबार, भदौ ७, २०८२
एउटा भन्दैछ, बोल्न देउ,
अर्कोले तगारो तेर्स्याई रहेछ,
वैचारिक द्वन्दको खेलमा
विचारहरू अपहरणमा छन
जिब्रोहरु थुतिएका छन ,
वाक स्वतन्त्रतामा लगाम लाग्दैछ
चाणक्यहरु चतुरता देखाउँदै छन ।
साहित्य समाजको ऐना हैन किनभने ऐनामा सबै कुरा उल्टो देखिन्छ - प्रेमकुमार राई ‘परीक्षित’
मंगलबार, भदौ ३, २०८२
कचनाकबलको उचाई (कवितासङ्ग्रह) र स्पर्श (गजलसङ्ग्रह) उनका प्रकाशनोन्मुख कृति हुन् । करिब दुई दर्जन कृतिको डिजिटल पाण्डुलिपि नै तयार भइसकेको उनी बताउँछन् ।
उमा सुवेदीद्वारा लेखिएको ‘परिधि’ विमोचन (भिडियोसहित)
शनिबार, साउन ३१, २०८२
उमा सुवेदीद्वारा लिखित आख्यान ‘परिधि’ शनिबार राजधानीमा एक विशेष समारोहकाबीच सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथिका रूपमा सहभागी लेखक सुवेदी स्वयंले आख्यानको औपचारिक विमोचन गरेकी हुन् ।
कविता : म
मंगलबार, साउन २७, २०८२
थाहा छ,
दुनियाँका लागि म खुशी छु
ठूला अफिसमा काम,
बिहान बेलुका होटलमा माम
लगाउँदा सुकिला जोडा,
बोक्दा महंगा फोन
कतै कतै मलाई आरोप पनि त छ ,
गर्दै छ रे गरिबीको ढोग ।
‘जिउँदो छँदा वास्ता नगर्ने मरेपछि प्रशंसाको फेटा गुताउने मुलुकमा साहित्य लेखेर कसले पो के पाएको छ र ?’
मंगलबार, साउन २७, २०८२
लेखन कार्यको लागि स्वच्छ, प्रशान्त र एकान्त ठाउँ उपयुक्त हुन्छ । त्यसैले म प्रायः बिहानीपख चार बजेपछिको समय मिलाउँछु । भाव फुरेमा जुनसुकै समयमा पनि लेख्न सकिन्छ ।
पत्रकार तथा साहित्यकार नेत्र तामाङलाई तीन प्रश्न
शुक्रबार, साउन २३, २०८२
खोज पत्रकारिताका लागि यूएईको दुबईसम्म पुगेका उनी तामाङ इतिहास संरक्षण र प्रवर्धनमा विशेष रुचि राख्छन्।
राष्ट्रको ध्यान पुग्न नसकेका धैरै विषयलाई स्रष्टाले अगाडि ल्याइराखेका छन् - विमल अर्याल
बिहीबार, साउन २२, २०८२
कोही दलको नजिक भएर केही अवसर पाउन चाहन्छन् । कोही विवशता र परिस्थितिको शिकार भई झण्डामुनि ओत लाग्न बाध्य भएका पनि देखिन्छन् ।
डा . जानुका नेपाल पौडेललाई तीन प्रश्न
शुक्रबार, साउन १६, २०८२
यो दुनियाँमा कसैले गर्ला भन्ने छैन । राज्यले पनि साहित्यको क्षेत्रमा काम गर्नेलाई त्यति गरेको छैन । जति पनि फाउण्डेसनहरू छन् तिनीहरुले पुरस्कारको राशि राखेर त्यो मार्फत पुरस्कार पाएका छन् । त्यस कारणले राज्य नै लागेर पुरस्कार वितरण गरेको भनेको त्यो थोरै स्रष्टा, चिनिएका स्रष्टा र लाखौँमा एक /दुई प्रतिशत...
‘ट्रासफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक (भिडियोसहित)
बिहीबार, साउन १५, २०८२
उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले ‘ट्रासफर्मिङ नेपाल : ब्यालेन्सिङ ग्रोथ विथ इक्विटी’ नामक पुस्तक सार्वजनिक गरेका छन् ।
साताको लोकप्रिय

