Harsamaya
‘मुक्ताकाशका सितारा’ र ‘दोस्रो विजयोपहार’ मुक्तकसङ्ग्रह लोकार्पण (भिडियोसहित)
मुक्तकालय नेपालबाट प्रकाशित ‘मुक्ताकाशका सितारा’ र ‘दोस्रो विजयोपहार’ नामक दुई मुक्तकसङ्ग्रह लोकार्पण । तस्विर : हर समय/Har Samaya

काठमाडौं - मुक्तकालय नेपालबाट प्रकाशित ‘मुक्ताकाशका सितारा’ र ‘दोस्रो विजयोपहार’ नामक दुई मुक्तकसङ्ग्रह लोकार्पण गरिएको छ।

वरिष्ठ साहित्यकार उषा शेरचनको प्रमुख आतिथ्यमा आइतबार धएको कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोने, वरिष्ठ रेडियोकर्मी तथा मुक्तककार रमेश पौडेल, मुक्तक सागरका सम्पादक निशा केसी, १५ नं. वडाध्यक्ष ईश्वरमान डंगोल र ‘दोस्रो विजयोपहार’ का संयोजक/सम्पादक सुनिल अधिकारी विशिष्ट अतिथि रहेका थिए । 

‘मुक्ताकाशका सितारा’का संयोजक तथा मुक्तकालय नेपालकी अध्यक्ष निलाञ्जला भारद्वाजको सभापतित्वमा करिब पौने दुई घण्टा चलेको कार्यक्रममा ३०० भन्दा बढी मुक्तककारहरूको उपस्थिति थियो। कार्यक्रमको उद्घोषण ‘हातेमालो साहित्य सङ्गम’का उपाध्यक्ष विपिन मर्मले गरेका थिए ।

Muktakalaya-Nepal-Bimochan-2-1770570162.jpg
मुक्तकालय नेपालबाट प्रकाशित ‘मुक्ताकाशका सितारा’ र ‘दोस्रो विजयोपहार’ नामक दुई मुक्तकसङ्ग्रह । तस्विर : हर समय/Har Samaya

मुक्तकालय नेपालको अभियानअनुसार ‘मुक्ताकाशका सितारा’मा समेटिएका सम्पूर्ण नारी सर्जकलाई एक प्रति पुस्तक, सर्जक कपी र रु ५०० पारिश्रमिक प्रदान गरिएको थियो। साथै फोटोमा मुक्तक प्रतियोगिताको शृङ्खला १०१ देखि २०० सम्मका १९९ जना मुक्तककारका ५७४ मुक्तक समेटिएको “दोस्रो विजयोपहार”बारे संयोजक सुनिल अधिकारीले जानकारी दिए । 

विशिष्ट अतिथिहरूले मुक्तक विधाको प्रवर्द्धनमा ‘मुक्तकालय नेपाल’को योगदानको प्रशंसा गरेका थिए । कार्यक्रमकै दिन दुवै मुक्तकसङ्ग्रहका करिब ४०० प्रति बिक्री भएको जानकारी दिइएको छ ।

१) वरिष्ठ साहित्यकार उषा शेरचन (भिडियो)

२) वडाध्यक्ष ईश्वरमान डंगोल (भिडियो)

३) वरिष्ठ मुक्तककार रामकाजी कोने (भिडियो)

४) मुक्तककार निशा केसी (भिडियो)

५) मुक्तककार रमेश पौडेल (भिडियो)

६) मुक्तकालय नेपालका संरक्षक सुनिल अधिकारी (भिडियो)

७) ‘मुक्तकालय नेपाल’की अध्यक्ष निलाञ्जला भारद्वाज (भिडियो)

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  २२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update