Harsamaya
कविता : मेरी मायालाई जन्मदिनको शुभकामना !
ग्राफिक्स : हर समय/Har Samaya

तिमी धर्तीमा झर्दा
सायद आकाशले पनि
खुशीको गीत गाएको थियो होला।
मेरो त झन् के कुरा,
वर्षौंदेखि थामेर बसेका
आँसुका हरेक थोपा
तिम्रो आगमनले
उत्सवको रङमा परिणत भए ।

मेरो मुटु तिमी नै हौ,
तिम्रो प्रत्येक धड्कनसँगै
मेरो प्राण बाँचिरहेछ ।

तिमी आयौं र
हाम्रो संसार उज्यालो भयो,
खुशीका रङहरू
सबै ठाउँभरि फैलिन थाले।
आजको दिन हाम्रो लागि
सबैभन्दा रमाइलो र उल्लासपूर्ण बन्यो।

तिम्रो तोते बोली
मेरो सबैभन्दा मिठो संगीत बनेको छ।
तिम्रो सानो हात
मेरो जीवनको बलियो सहारा बनेको छ।
तिम्रो अँगालोमा
थकान हराउँछ,
पीडा बिसाउँछ,
र लाग्छ,
यो संसारमा
सबैभन्दा सुरक्षित ठाउँ यही हो।

त्यसैले, मेरो मुटुको टुक्रा,
मेरो जीवनको उज्यालो दियो
तिम्रो जन्मदिनको उत्सवमा
असीम खुशी, माया र स्वास्थ्यको शुभकामना। 

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update