दोस्ताजको कविता संग्रह ‘एकदिन मानिसहरू फर्कन्छन्’ विमोचन
काठमाडौं - कवि दोस्ताजको ‘एकदिन मानिसहरू फर्कन्छन्’ कविता संग्रह विमोचन गरिएको छ । सोमबार काठमाडौंको सर्वनाम थिएटरमा ४८ वटा कविता संग्रहित कविता विमोचन गरिएको हो ।
एकदिन मननिसहरू फर्कनेछन् कविता संग्रह सेलर नेपाल इन्फोटेकले बजारमा ल्याएको हो । दोस्ताजको यो पहिलो कविता संग्रह हो । कवि श्रवण मुकारुङ, ज्योति जंगल र बाबु त्रिपाठीले कविता संग्रहको विमोचन गरेका थिए । कवि राजु झल्लु प्रसाद र स्वीकृति शर्माले दोस्ताजका कविताहरू वाचन गरेका थिए ।
स्वीकृति शर्माले दोस्ताजको ‘कविता हराएकी केटी’ र राजु झल्लुले ‘म ह्यङओभरमा थिएँ’ कविता वाचन गरेका थिए ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०८२ २१:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

