कामपा प्रमुख शाहद्वारा ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण
बुधबार, माघ ३०, २०८१
मङ्गलबार यहाँ आयोजना गरिएको ‘मेलमिलाप प्रवद्र्धनका कार्यक्रममा कामपाको प्रमुख बालेन्द्र शाह, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, विशेष अदालत काठमाडौँका अध्यक्ष टेकनारायण कुँवर, संविधानविद् काशीराज दाहाल, उपप्रमुख सुनिता डङ्गोलसहितले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।
‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन
आइतबार, माघ २७, २०८१
उनले परिवारको सहयोग र आफ्नो लगनशीलताले लेखनयात्राको पहिलो खुड्किलो उक्लिन सम्भव भएको बताए । उनको जन्मदिन पारेर ‘मुना मदनको डिभोर्स पार्टी’ कथासङ्ग्रहलाई इन्डिगो इङ्कले बजारमा ल्याएको हो । उक्त कार्यक्रममा पुस्तकको समीक्षा गर्दै डा त्रिपाठीले पहिलो प्रयास स्वागतयोग्य रहेको बताए ।
१० लाख कविको कविता सङ्ग्रह ‘ग्रन्थ’ निस्कदै, सय देशबाट संकलन गरिने
बिहीबार, माघ २४, २०८१
मातृभूमि प्रति हुटहुटी जागेका साहित्यकार कवीन्द्र सिटौलाले १० लाख कविहरूको कविता संकलन गरेर विश्वकै विशाल कविता ग्रन्थ ‘ग्रन्थ’ प्रकाशित गर्ने भएका छन् ।
१२६ लेखकको लेख भएको भानु स्मारिका विमोचन
मंगलबार, माघ २२, २०८१
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ‘भानु स्मारिका’नामक पुस्तकको भव्य विमोचन भएको छ। ताप्लेजुङस्थित भानु माध्यमिक विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले पुस्तक विमोचन गरेका हुन् ।
सन्दिपले ल्याए कवितासङ्ग्रह ‘अपरावर्ती’
सोमबार, माघ २१, २०८१
उनले भने,‘कवितामार्फत आफूसँगै अरूको अस्तित्व स्वीकार्नु पर्छ भन्ने मान्यतालाई व्यक्त गरेको छु । यहाँ आफैँमा हराईरहेकालाई अरूको विषयलाई जानकारी गराउने शब्दलाई कवितामा प्रयोग गरेको छु । यसमा किसान, समाज सबैको पक्षलाई समेटिएको छ ।’
नारीवादसम्बन्धी कला प्रदर्शनी माघ १२ गतेदेखि
बिहीबार, माघ १०, २०८१
डा अर्शिया लोखन्डवालाको परिकल्पनामा आयोजना हुन लागेको प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैङ्गिक राजनीतिजस्ता विषय सम्बोधन गर्ने जनाइएको छ ।
‘हिँड्न बाँकी बाटाहरू’ मा जीवन दर्शन
बुधबार, माघ ९, २०८१
‘प्रिय दुस्मन !
तिमीले मेरो बाटो नछेकेको भए
मैले बाटाहरु खोज्ने थिइनँ सायद
एउटा बाटो तिमीले छेक्दा
आज सयौँ बाटाहरु छन् मेरा अगाडि ।’
‘मेरा कलमका डोबहरू’ विमोचन: गीताको सिर्जना र प्रवासी भावनाको कथा
मंगलबार, माघ ८, २०८१
सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीको दोस्रो कृति ‘मेरा कलमका डोबहरू’ आज लोकार्पण गरिएको छ। मिलाप पब्लिकेशनले आयोजना गरेको विशेष समारोहमा वरिष्ठ अभिनेत्रीद्वय भुवन चन्द र चैत्यदेवीको प्रमुख आतिथ्यतामा कृतिको विमोचन गरिएको हो।
कविता : जन्मदिन (भिडियोसहित)
बिहीबार, माघ ३, २०८१
हरेक सालको एक दिन मलाई एकदम दुख लाग्छ
चुपचाप म मेरा दुख लुकाउन लाग्छु
मलाई मन भारी हुने दिन, मेरो जन्मदिन हो
जहाँ म होइन मेरा आफ्नूहरू खुशी हुन्छन् ,
शुभकामनाका अनगिन्ती कोसेली पठाउँछन् ।
कवि मणिकुमार श्रेष्ठको ‘अदृश्य यात्रा’ विमोचित: ५८ कविताको संग्रह
मंगलबार, पुस १६, २०८१
कवि मणिकुमार श्रेष्ठको कविता कृति ‘अदृश्य यात्रा’ को विमोचन सहित चर्चा गरिएको छ ।
जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईसहितले सोमवार साे कविता कृतिको विमोचन गर्नु भएको हो ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका निवासी कवि श्रेष्ठ २०६० सालदेखि साहित्य लेखन सुरु गर्नु भएको थियो । कवि श्रेष्ठको यो पहिलो...
साताको लोकप्रिय

