Harsamaya

काठमाडौं - सुनुवार भाषा र साहित्यका जानकार लोकप्रिय सुनुवारद्वारा लिखित ‘सुनुवार भाषा सिकौँ’ (कोइँचलो : शैँसै) पुस्तक मङ्गलबार विमोचन गरिएको छ।

७४ औँ जन्मदिनको अवसर पारेर आयोजित कार्यक्रममा लेखक सुनुवार र उनकी छोरी मनोरमाले पुस्तक विमोचन गरे। यो पुस्तक सुनुवार भाषा सिक्न चाहनेहरूका लागि मार्गदर्शक बन्ने विश्वास गरिएको छ।

ओखलढुङ्गाको खिजी चण्डेश्वरीमा जन्मेका सुनुवार कुइँच भाषा, संस्कृति तथा लिपीको संरक्षणमा समर्पित रहँदै आएका छन्। यसअघि उनका ६ वटा पुस्तक प्रकाशित भइसकेका छन्। गोरखापत्र संस्थानको सुनुवार भाषा पृष्ठका संयोजकसमेत रहेका सुनुवारको योगदानले समुदायको भाषा तथा पहिचान संरक्षणमा महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update