कविता : लथालिङ्ग नेपाल
यो देश कहिल्यै गरिब थिएन,
तर सोच्नेहरू सधैं गरिब रहे।
खेतको माटोमा उब्जाउने हात हराए,
मञ्चका हातले ताली बजाउन थाले।
राजनीतिका खेतमा नेता धेरै उम्रिए,
धानभन्दा बढी “घोषणा” फल्न थाले।
जनताको पसिना सिँचाइको पानी भयो,
नेताको पसिना तस्विरको फोटोसेसनमा बग्यो।
कृषि प्रधान देश भन्ने गर्व हराएर गयो,
कुर्सी प्रधान देश बन्यो ठडिएर।
कुर्सी पनि त्यस्तो,
जसमा बस्नेबित्तिकै
देशको दुख हराउँनु पथ्र्यो
यहाँ त रोदन र चित्कार छ ।
जनता झन् भाडिएका छन्,
आफूले भनेको हुनुपर्छ बोलिरहेछन्,
बुझाउने र बोल्नेको रोइलो चलिरहेछ
अस्तित्व खोज्नेहरु रुदैछन्,
पहिले किसान बिहानै हल बोकेर खेतमा जान्थे,
अब नेता बिहानै भाषण बोकेर मञ्चमा जान्छन्।
पहिले फस्ला पाक्थ्यो खेतको माटोमा,
अब फस्ला पाक्छ भ्रष्टाचारको भाँडोमा।
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२ १४:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय



