गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन हुने
शनिबार, जेठ २, २०८३
कृष्णपुर नगर कार्यपालिकाको बैठकले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको छ । नगर प्रमुख हेमराज ओझाका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ र लेटर ग्रेडिङ निर्देशिका, २०८३ बमोजिम पाठ्यघण्टा नघट्ने तथा नगरभरिका विद्यालयमा एकरूपता कायम हुनेगरी व्यवस्था लागू गरिएको हो ।
त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई
बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले आज गरेको निर्णयानुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डीनको समेत कार्य गर्नेगरी उहाँलाई उपकुलपतिको जिम्मेवारी तोकिएको हो ।
काठमाडौं महानगरपालिकाद्वारा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला
बुधबार, वैशाख ३०, २०८३
विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइट वा अनलाइन आवेदन पोर्टल मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
विद्यालयहरूमा नयाँ कार्यतालिका कार्यान्वयन गर्न शिक्षा मन्त्रालयको निर्देशन
मंगलबार, वैशाख २९, २०८३
मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णयअनुसार अब विद्यालयहरूमा साताको दुई दिन बिदा हुनेछ । सोही निर्णय कार्यान्वयन गर्न मन्त्रालयले नयाँ कार्यतालिका लागू गर्न आग्रह गरेको हो ।
सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ
मंगलबार, वैशाख २९, २०८३
पत्रसँगै उत्तरसमेत सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
एसइई नतिजाको कारण वीरगन्जमा १५ वर्षीय किशोरले गरे आत्महत्या
मंगलबार, वैशाख २९, २०८३
पर्साको बहुदरमाई नगरपालिका (साविक हासवा गाउँपालिका) वडा नं. ५ मधुवनी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका छोरा शन्नी पटेलले सोमबार राति आत्महत्या गरेका हुन् ।
एसइईमा एक लाख ४६ हजार ५०७ परीक्षार्थी ननग्रेडेड
मंगलबार, वैशाख २९, २०८३
उनका अनुसार परीक्षामा दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका र एक लाख ४६ हजार ५०७ परीक्षार्थी ननग्रेडेड भएका छन् ।
वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने
आइतबार, वैशाख २७, २०८३
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार हाल ३५ जना कर्मचारी ‘टेबुलेसन’मा व्यस्त छन् । वैशाख २९ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने लक्ष्य छ ।
विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आव्हान
शुक्रबार, वैशाख २५, २०८३
मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो ।
अभिभावकले गरे आइतबारको बिदा कटौतीको माग
बिहीबार, वैशाख २४, २०८३
साथै, धेरै बालबालिका आइतबार बिदाका कारण मोबाइल, टिभी तथा सामाजिक सञ्जालमा बढी समय बिताउन थालेका छन्, जसले अध्ययनप्रतिको रुचि घटाउँदै लगेको अभिभावकहरूको गुनासो रहेको छ ।
सुकुम्बासी बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्न छलफल
सोमबार, वैशाख २१, २०८३
विज्ञप्तिमा सुकुम्बासी बस्ती हटाउने प्रक्रियाबाट प्रभावित वास्तविक परिवारका बालबालिकाको पढाइ निरन्तरता सुनिश्चित गर्न स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहयोग र सहजीकरण गर्न आफूहरू प्रतिबद्ध रहेको जनाइएको छ ।
काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी बजेट र ‘डिजिटल’ कक्षाकोठा (भिडियोसहित)
आइतबार, वैशाख २०, २०८३
छात्रवृत्तिबारे जानकारी दिँदै उनले गत वर्ष मात्रै महानगरले करिब २२ हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको बताए । यस वर्ष पनि पारदर्शी छनोट प्रक्रिया अपनाएर विपन्न, दलित, जनजाति, अल्पसंख्यक तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकतामा राखिनेछ ।
वैकल्पिक व्यवस्था बिना विद्यालय भत्काउँदा विद्यार्थी आतंकित
शनिबार, वैशाख १९, २०८३
शनिबार जारी प्रेस वक्तव्यमा संगठनले केही दिनयता काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा डोजर चलाउँदै आएको उल्लेख गर्दै यसले जनतामा त्रास सिर्जना गरेको आरोप लगाएको हो ।
साताको लोकप्रिय

