जुम्ला कारागारबाट ३६ कैदी फरार, खोजी कार्य जारी
बुधबार, भदौ २५, २०८२
प्रहरीका अनुसार ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि कुटपिट गरी कैदीहरू फरार भएका थिए। प्रारम्भिक अनुसन्धान अनुसार कैदीहरू योजनाबद्ध रूपमा भागेका हुनसक्ने आशङ्का गरिएको छ। घटनापछि स्थानीय सुरक्षाकर्मीहरूले खोजी अभियान तीव्र पारेका छन्।

विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी
सोमबार, साउन १२, २०८२
बिरामी परेका सबै व्यक्ति गुठिचौर गाउँपालिका–१ मणिसाँघुस्थित लेखकमान महतराको घरका सदस्य रहेका छन् । घटनाको जानकारी पाएपछि मणिसाँघु प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक मञ्जित वलीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

कार्यालय सुर्खेत सार्ने भएपछि जुम्लामा तालाबन्दी र दवाबमुलक आन्दोलन घोषणा
आइतबार, असार २९, २०८२
बैठकमा सहभागी सरोकारवाला निकाय, नागरिक समाज, युवाहरू र जनप्रतिनिधिहरूले उक्त निर्णयले जुम्लामा संचालित घौलिगाड वृहत् खानेपानी आयोजना सहित २० भन्दा बढी आयोजना प्रभावित हुने बताउँदै गम्भीर चासो व्यक्त गरेका छन् ।

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा पानी पोखरीको उद्घाटन
मंगलबार, जेठ २७, २०८२
जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन गरेका छन् । रोजि राणा प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा निर्माण गरिएको उक्त सिँचाइ पोखरीबाट सयौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ ।

बेरुजु घटाउँदै जुम्लाका स्थानीय तह
शुक्रबार, जेठ २, २०८२
पालिकागत रूपमा बेरुजु घटबढ भए पनि समग्रमा गत वर्षको तुलनामा स्थानीय तहको बेरुजु घट्दै गएको हो । यस हिसाबले स्थानीयका कर्मचारी र जनप्रतिनिधि बजेट खर्चलाई मितव्ययी र नियम संगत बनाउन जोड दिइरहेको देखिन्छ ।आठै पालिकाको समग्रमा ३० करोड बेरुजु आउँदा सबैभन्दा कम बेरुजु आउनेमा चन्दननाथ नगरपालिका पहिलो भएको छ ।...

जुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
बिहीबार, फागुन ८, २०८१
हिमा गाउँपालिकाका ७ वडामध्ये १, २, ३ र ५ नम्बर वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो । बुधबार एक कार्यक्रमका बीच कनकासुन्दरी गाउँपालिका–४ र ५ पातारासी गाउँपालिका–५, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका–४, सिन्जा गाउँपालिका–२, ४ र ६ लाई बालविवाह मुक्त घोषणा भएका हुन ।

कार्यसम्पादन मूल्यांकनमा जुम्लाको तातोपानी गाउँपालिका प्रथम
शुक्रबार, फागुन २, २०८१
यस्तै, चन्दननाथ नगरपालिकाले ५६ दशमलव आठ प्रतिशत, सुनछहरी गाउँपालिकाले ४५ दशमलव आठ प्रतिशत र सबैभन्दा कमजोर तिला गाउँपालिकाले ३८ दशमलव दुई प्रतिशत अङ्क प्राप्त गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

ढिस्कोमा पुरिएर विमलाको मृत्यु
शनिबार, माघ १९, २०८१
घर लिपपोत गर्न माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका– ६ की २५ वर्षीया विमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीले जानकारी दिए । चन्दननाथ–४ मालाभिडमा माटो निकाल्दै गर्दा एक्कासि ढिस्को खसेपछि उनी पुरिएकी हुन् ।
साताको लोकप्रिय