Harsamaya
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनिताको जमानत जफत
ज्ञानेन्द्र शाही ।

काठमाडौं - जुम्लाको प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्र शाही निर्वाचित भएका छन् । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार हुन्।

शनिबार सम्पन्न मतगणनाअनुसार शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नरेश भण्डारी ले ११ हजार ६३५ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी का शान्तिलाल महत ४ हजार ५१८ मतमा सीमित भएका छन्।

देशका धेरै स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवारहरू विजयी भइरहँदा जुम्लामा भने उक्त पार्टीकी उम्मेदवार विनिता कठायत लगायतका उम्मेदवारको जमानत जफत भएको छ ।

मत अपडेट :
ज्ञान बहादुर शाही (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 14,816 (विजयी)
नरेश भण्डारी (नेपाली कम्युनिष्ट पार्टी) = 11,635
दिप बहादुर शाही (नेपाली कांग्रेस) = 7,143
शान्ति लाल महत (नेकपा_एमाले) = 4,518
बिनिता कठायत (राष्ट्रिय स्वतन्त्र पार्टी) = 421
बिर्ष बहादुर रावत (नेपाल मजदुर किसान पार्टी) = 400
मनऋषि धिताल (प्रगतिशील लोकतान्त्रिक पार्टी) =112
विर्खबहादुर शाही (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 71
रनील विक्रम शाही (नेपाल जनता पार्टी) = 43 | जुम्ला - १
भक्त बहादुर रावल (स्वतन्त्र) = 14

जम्मा मतदाता : ७१७३९ [३७४५९ पुरुष र ३४२८० महिला]

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update