Harsamaya
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए शपथ
अर्जुननरसिंह केसी ।

काठमाडौं - अर्जुननरसिंह केसीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित समारोहमा रामचन्द्र पौडेलले केसीलाई शपथ गराएका हुन्।

शपथलगत्तै केसीले शपथपत्रमा हस्ताक्षर गरेका छन्। अब उनले बिहीबार बाँकी २७४ सांसदलाई शपथ गराउने कार्यसूची रहेको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्ये केसी सबैभन्दा ज्येष्ठ सदस्य हुन्। सोही कारण उनीलाई अन्य सांसदलाई शपथ गराउने जिम्मेवारी दिइएको हो।

निर्वाचन परिणामअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्य निर्वाचित भएका छन्। केसी नेपाली कांग्रेस बाट समानुपातिक प्रणालीमार्फत सांसद बनेका हुन्।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update