Harsamaya
 प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी।

काठमाडौं - प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिने भएका छन् । 

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल समक्ष बुधबार बिहान ११: १५ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

नवनिर्वाचित सांसद केसीले सभामुख निर्वाचित नभएसम्म ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधिसभा सञ्चालन गर्ने छन् ।

नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित ७८ वर्षीय केसीले यही चैत १२ गते संघीय संसद भवनमा प्रतिनिधिसभाका अन्य २७४ सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । 

sapatha-1774230093.jpg

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update