Harsamaya
लमजुङमा रास्वपाका केसी विजयी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी ।

लमजुङ - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का धर्मराज केसी विजयी भएका छन् ।

मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार केसीले ३३ हजार ८९८ मत प्राप्त गरे । 

नेकपा (एमाले)का पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६,  नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ र नेपाली कम्युनिष्ट पार्टीका हरिजङ्ग तामाङले तीन हजार ३७१ मत प्राप्त गरे । 

कुल एक लाख ३७ हजार १२४ मतदाता रहेको जिल्लामा ७५ हजार ४६० मत खसेको छ ।

लमजुङ - १ को मत अपडेट :-
धर्मराज के.सी (राष्ट्रिय स्वतन्त्र पार्टी) = 33,898 (विजयी)
पृथ्वीसुब्बा गुरुङ (नेकपा एमाले) = 16,876
गम प्रसाद गुरुङ (नेपाली कांग्रेस) = 16,569
हरि जंग तमाङ (नेपाली कम्युनिष्ट पार्टी) = 3,371
केबिन्द्र जंग गुरुङ (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1000
कोषलाल गुरुङ (श्रम संस्कृति पार्टी) = 565
विकास गुरुङ्ग (मंगोल नेशनल अर्गनाइजेसन) = 351
रविन्द्र नखोला (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 144
सन्तोष घिमिरे (स्वतन्त्र) = 130
मिलन वास्कोटा (जनादेश पार्टी नेपाल_एकल चुनाव चिन्ह) = 53
भरत गुरुङ (नेशनल रिपब्लिक नेपाल) = 41
गुजेश्वरी प्रजापति मजु (नेपाल मजदुर किसान पार्टी) = 12

जम्मा मतदाता : १,३७,१२४ [६७,६०० पुरुष र ६९,५२४ महिला]

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update