काठमाडौं - प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा–१ मा ठुलो मतान्तरसहित निशा डाँगी निर्वाचित भएकी छन् । गत निर्वाचनमा नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्मा निर्वाचित भएको स्थानमा डाँगीले सानदार जित हात पारेकी हुन् ।
उनले ४५ हजार ६८० मत ल्याउँदा नेपाली काँग्रेसका केशव राज पाण्डेले १० हजार ५५० मत मात्र ल्याउन सके। गत निर्वाचनमा शर्माले ३९ हजार ६२४ मत ल्याएका थिए।
तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका केवल राम राई रहे । उनले १० हजार ४ मत ल्याए। नेकपा एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत प्राप्त गरे।
झापा - १ को मत अपडेट:-
निशा डाँगी (राष्ट्रिय स्वतन्त्र पार्टी) = 45,680 (विजयी)
केशव राज पाण्डे (नेपाली कांग्रेस) = 20,550
केवलराम राई (श्रम संस्कृति पार्टी) = 10,004
रामचन्द्र उप्रेती (नेकपा एमाले) = 7,659
हेमराज कार्की (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,612
सन्तोष तामाङ्ग (मंगोल नेशनल अर्गनाइजेसन) = 971
अशेष घिमिरे (नेपाली कम्युनिष्ट पार्टी) = 922
नरेश कुमार लावती (उज्यालो नेपाल पार्टी) = 485
ओलीन राजवंशी (नेपाल सद्भावना पार्टी) = 109
मान बहादुर साँवा (लिम्बु) (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) = 99
दुर्गा प्रसाद साँवा लिम्वु (स्वतन्त्र) = 84
रमा मेचे (जनता समाजवादी पार्टी, नेपाल) = 43
गणेश कुमार खरेल (स्वतन्त्र) = 33
हिरण्य प्रसाद भट्टराई (नेपाल मजदुर किसान पार्टी) = 23
खान्दु करुवा (नेपाल जनमुक्ति पार्टी) = 17
जम्मा मतदाता : १,६५,४०५ [८१,३६६ पुरुष र ८४,०३९ महिला]

