विराटनगर - मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्णकुमार कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। अन्तिम मत परिणाम अनुसार कार्कीले ४० हजार ९२४ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिलीपकुमार अग्रवाल (बगडिया) लाई २५ हजार ३०० मतान्तरले पराजित गरेका छन्।
अग्रवालले १५ हजार ६२४ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली काँग्रेस का प्रभावशाली नेता तथा पूर्व मन्त्री मिनेन्द्र रिजाल तेस्रो स्थानमा रहे। उनले १२ हजार ६६४ मत प्राप्त गरेका छन्। जेनजी आन्दोलनका क्रममा संसद भवन अगाडि भएको प्रदर्शनका क्रममा कार्की अग्र पङ्क्तिमा देखिएका थिए।
संसद भवनमा आगजनी भएको घटनासँग जोडिएर चर्चा भएका कार्की अहिले सोही संसदको सदस्यमा निर्वाचित भएका छन्। उनी वैदेशिक रोजगारीका लागि जापान गएका थिए। जापानबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सँग आबद्ध भएका कार्कीले मोरङ–२ बाट उम्मेदवारी पाएर निर्वाचन जितेका हुन्।
मोरङ - २ को मत अपडेट :-
कृष्ण कुमार कार्की (राष्ट्रिय स्वतन्त्र पार्टी) = 40,924 (निर्वाचित)
दिलीप कुमार अग्रवाल (नेकपा_एमाले) = 15,624
मीनेन्द्र प्रसाद रिजाल (नेपाली कांग्रेस) = 12,764
अबुहो रैरह (श्रम संस्कृति पार्टी) = 1,822
चन्द्र वीर राई (नेपाली कम्युनिष्ट पार्टी) = 1,366
कन्स राज राजवंशी (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 766
घनश्याम चौधरी (जनमत पार्टी) = 310
धन वहादुर सुनुवार (राष्ट्रिय परिवर्तन पार्टी) = 277
धनबहादुर लिम्बु (मंगोल नेशनल अर्गनाइजेसन) = 270
विनोद कुमार सिंह गनगाई (जनता समाजवादी पार्टी, नेपाल) = 87
मेघेन्द्र कुमार रोक्का (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 82
माधव प्रसाद राजवंशी (राष्ट्रिय मुक्ति पार्टी नेपाल_एकल चुनाव चिन्ह) = 80
मनोज कुमार राजवंशी (राष्ट्रिय उर्जाशील पार्टी, नेपाल) = 74
अनिल कुमार साह (स्वतन्त्र) = 56
राजन निरौला (स्वतन्त्र) = 48
बुधु रिषिदेव (स्वतन्त्र) = 35
नरेश कुमार साह (स्वतन्त्र) = 18
जम्मा मतदाता : १,२९,१८३ [६७,५९३ पुरुष र ६१५९० महिला]

