पाल्पा - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पाल्पा–१ बाट नेपाली काँग्रेस का उम्मेदवार सन्दीप राना विजयी भएका छन्। रानाले १८ हजार ३३६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नारायणप्रसाद आचार्य ले १६ हजार ८१९ मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी का विमल पन्त १४ हजार ३३३ मतसहित तेस्रो स्थानमा रहेका छन्।
पाल्पा - १ को मत अपडेट :-
सन्दीप राना (नेपाली कांग्रेस) =18,336 (विजयी)
नारायण प्रसाद आचार्य (नेकपा_एमाले) = 16819
विमल पन्त (राष्ट्रिय स्वतन्त्र पार्टी) = 14,333
हुम बहादुर सुनारी मगर (नेपाली कम्युनिष्ट पार्टी) = 951
थमन सिं रेश्मी मगर (नेशनल रिपब्लिक नेपाल) = 671
सलन चिदी मगर (मंगोल नेशनल अर्गनाइजेसन) = 235
बृहस्पति अर्याल (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 202
नरमती सिंजाली (राष्ट्रिय जनमोर्चा) = 140
पुरन गेहें शर्मा (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 48
वाछा दली मिया (स्वतन्त्र) = 35
कोशल अर्याल (स्वतन्त्र) = 30
डिल्ली राज काफ्ले (स्वतन्त्र) = 16
युध्द बहादुर विरकट्टा (स्वतन्त्र) = 8
जम्मा मतदाता : ९८,३८३ [४८,११८ पुरुष र ५०,२६५ महिला]

