Harsamaya
रौतहट १ मा रास्वपाका  राजेश कुमार चौधरी निर्वाचित, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा

रौतहट -  रौतहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश कुमार चौधरी निर्वाचित भएका छन् । २८ हजार ९४६ मतसहित चौधरी निर्वाचित हुँदा  नेकपा एमालेका अजय कुमार गुप्ता दोस्रो स्थानमा रहे । उनले १० हजार ६९३ मत ल्याए ।

यहाँ नेकपाका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा रहे, उनले ७ हजार ६ सय ६९ मत मात्र पाए । यहाँ नेपाली काँग्रेसका ८ हजार ५ सय ७४ मत पाए । 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update