Harsamaya
अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी
हरिप्रसाद भुसाल ।

अर्घाखाँची - प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिप्रसाद भुसाल विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेका अनुसार भुसालले ३५ हजार २३ मत प्राप्त गरे ।  

यस क्षेत्रमा नेकपा (एमाले)का पीताम्बर भुसालले २२ हजार ६४९, नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल (मुस्कान)ले १८ हजार ९८३, नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर चौहानले तीन हजार ८४७ मत प्राप्त गरे । 

अर्घाखाँचीमा कूल एक लाख ७१ हजार ६५२ मतदाता रहेकामा ८६ हजार ६६८ मत खसेको थियो ।

अर्घाखाँची - १ को मत अपडेट :-
हरी प्रसाद भुसाल (राष्ट्रिय स्वतन्त्र पार्टी) = 35,023 (विजयी)
पिताम्बर भुसाल (नेकपा एमाले) = 22,649
विष्णु प्रसाद खनाल (नेपाली कांग्रेस) = 18,983
राम वहादुर चौहान (नेपाली कम्युनिष्ट पार्टी) = 3,847
पशुपति नाथ ढकाल (राष्ट्रिय जनमोर्चा) = 1,809
खिम बहादुर घर्ती मगर (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 459

झबिन्द्र फुल्लेल (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 244
विष्णु बहादुर गाहा (नेशनल रिपब्लिक नेपाल) = 94
दुर्गबहादुर भाट क्षेत्री (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 44
सुर्य बहादुर गुरुङग (मंगोल नेशनल अर्गनाइजेसन) = 40
टुक बहादुर चेवाली (जनता समाजवादी पार्टी_एकल चुनाव चिन्ह) = 40
पुस्कर नाथ आचार्य (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 28
रवि शाह (स्वतन्त्र) = 22
हिमाल भुसाल (स्वतन्त्र) = 21
पम्फा श्रेष्ठ (स्वतन्त्र) = 3

जम्मा मतदाता : १,७१,६५२ [८७,१५७ पुरुष र ८४,४९५ महिला]

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update