कञ्चनपुर - कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दिपकराज बोहरा निर्वाचित भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नेता एनपी साउदलाई २३ हजार मतले पछि पार्दै निर्वाचित भएका हुन् । उनी ३३ हजार ९५२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी साउदले १० हजार ८२७ मत पाएका छन् । कञ्चनपुर–२ मा नेकपा एमालेका उम्मेदवार वचनबहादुर सिंह छ हजार ४१८ मतसहित तेस्रो र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार माधवप्रसाद पन्त छ हजार ३३७ मतसहित चौथो भएका छन् ।
कञ्चनपुर - २ को मत अपडेट :-
दिपक राज बोहरा (राष्ट्रिय स्वतन्त्र पार्टी) = 33,952 (विजयी)
नारायण प्रकाश साउद (नेपाली कांग्रेस) = 10,827
बचनबहादुर सिंह (नेकपा एमाले) = 6,418
माधव प्रसाद पन्त (नेपाली कम्युनिष्ट पार्टी) = 6,337
तिर्थ राज चटौत (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,993
प्रेमवती राना (नागरिक उन्मुक्ति पार्टी, नेपाल_एकल चुनाव चिन्ह) = 560
धर्मानन्द जोशी (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 195
राम बहादुर कार्की (राष्ट्रिय जनमोर्चा) = 145
लोकेन्द्र बहादुर विक (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 143
राम चन्द्र भट्ट (जनमत पार्टी) = 125
योगेन्द्र व साउद (उज्यालो नेपाल पार्टी) = 93
बिरेन्द्र राना (स्वतन्त्र) = 81
सिता राम राना (नेपाल मजदुर किसान पार्टी) = 72
हरिस बहादुर भट्ट (स्वतन्त्र) = 44
जग्गु चौधरी (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 37
खडक ताम्राकार (संयुक्त नागरिक पार्टी) = 32
भानु भक्त वोहरा (स्वतन्त्र) = 26
सिद्धराज जोशी (स्वतन्त्र) = 19
तेज बहादुर वडवाल (मितेरी पार्टी नेपाल) = 18
जम्मा मतदाता : १,०९,५७३ [५३,४४५ पुरुष र ५६,१२८ महिला]

