Harsamaya
कांग्रेस महाधिवेशन तयारी समिति सिन्धुपाल्चोक विस्तार, कसले के जिम्मेवारी पाए ?
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समिति सिन्धुपाल्चोकको कार्यसमिति विस्तार कार्यक्रममा पूर्वमन्त्री मोहनबहादुर बस्नेतलगायत ।

सिन्धुपाल्चोक - नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समिति सिन्धुपाल्चोकको कार्यसमिति विस्तार गरिएको छ।

कांग्रेस सिन्धुपाल्चोकको १५औँ महाधिवेशन तयारी समितिका जिल्ला संयोजक लालकाजी तामाङले विस्तारित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारीप्रति निष्ठा, इमानदारी र प्रतिबद्धताका साथ सक्रिय हुन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै तामाङले संगठन सुदृढीकरण, एकता र सफल महाधिवेशनलाई साझा उद्देश्य बनाएर अघि बढ्ने बताएका छन्।

‘सबैको साथ, सहकार्य र प्रतिबद्धताबाट हामी निर्धारित जिम्मेवारी पूरा गर्नेछौँ। एकताबद्ध भएर अघि बढौँ, संगठन बलियो बनाऔँ,’ उनले भनेका छन्।

विस्तारित समितिमा बिदुरप्रसाद घोराशैनी जिल्ला सहसंयोजक, निराजन चौलागाईं, जीवन राउत र दिनेश गिरी ‘राकेश’ जिल्ला सचिवको जिम्मेवारीमा छन्।

त्यस्तै प्रकाश बस्नेत ‘काजी’ क्षेत्र नम्बर २ संयोजक, राजकुमार राईमाझी क्षेत्रीय सचिव, रामशरण गिरी क्षेत्र नम्बर २ प्रदेश ‘क’ संयोजक, दानोबु शेर्पा क्षेत्र नम्बर १ प्रदेश ‘क’ संयोजक र समीर तामाङ प्रदेश ‘ख’ संयोजक तोकिएका छन्।

स्थानीय तहको जिम्मेवारीतर्फ कृष्ण दोङ तामाङ इन्द्रावती गाउँपालिका, रामकृष्ण ढुंगाना चौतारा साँगाचोकगढी नगरपालिका, मिठु बोहोरा त्रिपुरासुन्दरी गाउँपालिका, महेश दास श्रेष्ठ पाँचपोखरी गाउँपालिका, कुमार बस्नेत सुनकोशी गाउँपालिका, रवि तामाङ जुगल गाउँपालिका र सुनलाल तामाङ बलेफी गाउँपालिका संयोजक तोकिएका छन्।

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update