Harsamaya
दाङ ३ मा रास्वपाका कमल सुवेदी विजयी

 दाङ - दाङ ३ मा रास्वपाका कमल सुबेदी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपक गिरीलाई २७ हजार ७९४ मतान्तरले हराउँदै सुबेदीले जित निकालेका हुन ।

सुबेदीले ४४ हजार दुई सय ४८ मत प्राप्त गर्दा गिरीले १६ हजार चार सय ५३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार एक सय ९५ मत प्राप्त गरेका छन् भने चौथोमा नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार ३२८ मत प्राप्त गरेका छन् ।

दाङ ३ मा ८८ हजार २७६ सय मत खसेको थियो ।

दाङ - ३ को मत अपडेट :-
कमल सुबेदी (राष्ट्रिय स्वतन्त्र पार्टी) = 44,248 (विजयी)
दिपक गिरी (नेपाली कांग्रेस) = 16,453
घनश्याम पाण्डे (नेकपा एमाले) = 12,195
धनबहादुर मास्की (नेपाली कम्युनिष्ट पार्टी) = 9,328
दामोदर भण्डारी (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,057
बलबहादुर ओली (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 425

टोप बहादुर महतरा (श्रम संस्कृति पार्टी) = 227
प्रितम चौधरी (नेशनल रिपब्लिक नेपाल) = 181
कमला जिसी (राष्ट्रिय जनमोर्चा) = 180
यम बहादुर वस्नेत (स्वतन्त्र) = 155
घनश्याम चौधरी (मंगोल नेशनल अर्गनाइजेसन) = 144
दलविर कामी (संयुक्त नागरिक पार्टी) = 94

जम्मा मतदाता : १,५०,७१९ [७४,२६८ पुरुष र ७६,४५१ महिला]

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update