Harsamaya
ललितपुर क्षेत्र नम्बर–३ मा रास्वपाकी तोसिमा कार्की विजयी
ललितपुर क्षेत्र नम्बर–३ मा रास्वपाकी तोसिमा कार्की विजयी ।

ललितपुर - प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार तोसिमा कार्की निर्वाचित भएकी छन्। उनले ४३ हजार ९६ मत प्राप्त गर्दै ३४ हजार ५१ मतान्तरले विजय हासिल गरेकी हुन् ।

निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कार्कीले आफ्नो जितलाई जिम्मेवारीको रूपमा लिएको भन्दै काम गरेर देखाउने बताइन् ।

‘आज देशभरिबाट जनताको जित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी वा म तोसिमाले मात्र हैन समग्र मेरो पार्टीले यो जितलाई जिम्मेवारीको रूपमा लिएको छ,’ उनले भनिन्, ‘नेपाली जनताको अब सुखको दिन आउँदै छ । धैर्य गर्नुहोला हामी काम गर्छौ, काम गरेर देखाउन चाहान्छौँ ।’

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याउँदा नेकपाका राजकाजी महर्जनले ६०२२ मत प्राप्त गरे ।

ललितपुर - ३ को मत अपडेट :-
तोसीमा कार्की (राष्ट्रिय स्वतन्त्र पार्टी) = 43,096 (विजयी)
जितेन्द्र कुमार श्रेष्ठ (नेपाली कांग्रेस) = 9,045
राजकाजी महर्जन (नेपाली कम्युनिष्ट पार्टी) = 6,022
सन्दन थापा मगर (नेकपा एमाले) = 3,297
सबिन कुमार खड्का (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 2,037
ऋतुवर्तन राई (श्रम संस्कृति पार्टी) = 1,472
विजय पन्त (उज्यालो नेपाल पार्टी) = 1,320

रमिला महर्जन (नेपाल मजदुर किसान पार्टी) = 191
खगेन्द्र महर्जन (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 127
अशोज कुमार महर्जन (स्वतन्त्र) = 92
निल गोविन्द महर्जन (राष्ट्रिय जनमोर्चा) = 70
बिष्णुराज खड्का (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 56
श्याम बहादुर राई (संयुक्त नागरिक पार्टी) = 56
रुपेस शाह (स्वतन्त्र) = 39
कृष्ण देवि महर्जन (जनता समाजवादी पार्टी, नेपाल) = 31
अन्जु कारन्जीत (थापा) (स्वतन्त्र) = 21
दिल कुमार महर्जन (मंगोल नेशनल अर्गनाइजेसन) = 20
यज्ञ प्रसाद पन्त (नेपाल कम्युनिष्ट पार्टी _संयुक्त) = 15
राधे श्याम खड्का (स्वतन्त्र) = 8
बिमर्श मिश्र (स्वतन्त्र) = 3

जम्मा मतदाता : १,०२,४३७ [४९,४११ पुरुष र ५३,०२६ महिला]

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update