सुर्खेत - सुर्खेत–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश सापकोटा विजयी भएका छन् । उनले ३० हजार ३७८ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायण कोइराला १६ हजार १९६ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका कुलमणि देवकोटा १२ हजार ८९१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका झकबहादुर मल्लले ४ हजार ४३६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कविराम पुरीले १ हजार २९३ र श्रम संस्कृति पार्टीका राजेन्द्र राम जालीले १ हजार ५९२ मत प्राप्त गरेका छन् ।
सुर्खेत-२ को मत अपडेट :-
रमेश कुमार सापकोटा (राष्ट्रिय स्वतन्त्र पार्टी) = 30,826 (विजयी)
नारायण कुमार कोइराला (नेपाली कांग्रेस) = 16,392
कुलमणि देवकोटा (नेकपा एमाले) = 13,155
झक बहादुर मल्ल (नेपाली कम्युनिष्ट पार्टी) = 4,587
राजेन्द्र रामजाली (श्रम संस्कृति पार्टी) = 1,646
कवि रामपुरी (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,315
गम्भीर सिह भुल (उज्यालो नेपाल पार्टी) = 184
तुल्छी खडका (नेपाल मजदुर किसान पार्टी) = 158
धर्मराज देवकोटा (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 150
पूर्ण बहादुर शाही (राष्ट्रिय जनमोर्चा) = 130
प्रेम बहादुर तारामी (नेपाल कम्युनिष्ट पार्टी _संयुक्त) = 63
दिप बहादुर नेपाली (जनता समाजवादी पार्टी, नेपाल) = 52
कृष्ण खत्री (स्वतन्त्र) = 38
पवन थापा मगर (गतिशील लोकतान्त्रिक पार्टी) = 34
रमेश परियार (स्वतन्त्र) = 23
हृदयन्द्र अधिकारी (नेपाल जनसेवा पार्टी) = 7
उदीराम चुनारा (स्वतन्त्र) = 6
जम्मा मतदाता : १,२६,०४१ [६१,४९३ पुरुष र ६४,५४८ महिला]

